खोजि गर्नुहोस..

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडानहरु आकर्षित गर्न सरकारको विभिन्न शुल्कामा छुट दिने तयारी

 काठमाडौं । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा व्यावसायिक उडानहरु आकर्षित गर्न सरकारले वायुसेवा कम्पनीहरुलाई विभिन्न शूल्कमा छुट दिने तयारी गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत गरिएको प्रस्ताव अनुसार गौतमबुद्ध विमानस्थलमा व्यावसायिक उडानमा वायुसेवा कम्पनी आउने वातावरण बनाउन पहिलो ६ महिनासम्म ल्यान्डिङ तथा पार्किङमा लाग्ने शुल्कलाई शतप्रतिशत छुट दिने गरी प्रस्ताव गरिएको छ । त्यसपछिको ६ महिनाका लागि भने ५० प्रतिशत छुट दिने प्रस्ताव गरिएको छ । यस्तो प्रस्ताव तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत मन्त्रिपरिषद् पुग्नेछ । त्यहाँबाट पास भएपछि सोही अनुसार वायुसेवा कम्पनीहरुलाई जहाज उडानमा आकर्षित गर्न आह्वान गरिने भएको छ । संसारभर नयाँ विमानस्थलमा केही समय वायुसेवा कम्पनीलाई आकर्षक छुट दिएर अभिप्रेरित गर्ने प्रचलन रहेको छ,’ प्राधिकरणका एक उच्च अधिकारीले भने, ‘सोही अनुसार नेपालले समेत गौतमबुद्ध विमानस्थलमा छुट दिने तयारी गरेको हो ।’ नेपाल नागरिक उड्डयन प्राधिकरणले क्यालिब्रेसन फ्लाइटको नतिजा आएसँगै यो विमानस्थल सुरक्षित उडानयोग्य रहेको सूचना अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई भने यसअघि नै दिइसकेको छ ।

यो विमानस्थलमा अहिलेसम्म कुवेतको जजिरा एयरवेजले मात्र उडानका लागि प्रस्ताव पेश गरेको छ । सोही अनुसार सो कम्पनीले नेपालको तर्फबाट अनुमति पनि पाइसकेको छ ।  न्य कम्पनीबाट भने अहिलेसम्म कुनै प्रस्ताव प्राप्त नभएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *