खोजि गर्नुहोस..

म्याद नाघेको जुस खाँदा २५ जना विद्यार्थी बिरामी

जुम्ला ।  जुम्लामा म्याद नाघेको जुस खाँदा २५ जना विद्यार्थी बिरामी भएका छन् । जुम्लाको पूर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिका ५ देपालगाउँको हिमाली बोर्डिङ स्कुलका विद्यार्थीले म्याद नाघेको जुस खाँदा उनीहरू बिरामी परेका हुन् ।  स्कुलका प्रधानाध्यापक मन्जील गिरीले म्याद नाघेको जुस खाँदा दुई सय ६० मध्ये २५ जना विद्यार्थी घाइते भएका जानकारी दिनुभयो । पानीमा पनि केही मिसिएको हो कि भन्ने आशङ्कामा पानी परीक्षण गर्न थालिएको उहाँको भनाइ छ ।

विद्यार्थीमा पेट दुख्ने, टाउको दुख्ने समस्या देखिएपछि विद्यालय आज बुधवारदेखि आउँदो आइतवारसम्म बन्द गर्ने निर्णय गरेको प्रधानाध्यापक गिरीले बताउनुभयो । औषधि खाएपछि अहिले विद्यार्थीहरूको अवस्था सामान्य भएको उहाँले जानकारी दिनुभयो । यस विषयमा अभिभावकसँग पनि छलफल गर्ने तयारी गरेको उहाँको भनाइ छ ।  यहाँका गाउँघरतिर रहेका साना बजारमा म्याद नाघेका अखाद्य वस्तु भेटिँदै आएको छ । बजार अनुगमन गर्ने र अखाद्य वस्तु नियमन गर्ने अधिकार स्थानीय तहलाई भए पनि यस्ता विषयमा जनप्रतिनिधिले चासो नदिएको स्थानीयवासीको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *