खोजि गर्नुहोस..

देशैभरका मतगणना केन्द्रमा सीसीटीभी क्यामेरा जडान गरेर केन्द्रबाटै अनुगमन गर्ने निर्वाचन आयोग

काठमाण्डौ, ०६ चैत्र । निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावको मतगणना केन्द्रमा सीसीटीभी क्यामेरा जडान गरेर केन्द्रबाटै अनुगमन गर्ने भएको छ । मतदान सम्पन्न भइसकेपछि मतगणना केन्द्रमा मतपेटिकाको भण्डारण र मतगणनालाई पारदर्शी बनाउन आयोगले देशैभरका मतगणना केन्द्रमा सीसीटीभी क्यामेरामार्फत दृष्य अवलोकन प्रणालीको अनिवार्य प्रयोग गर्ने भएको हो । यसका लागि आयोगको आग्रहमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै पालिकालाई पत्राचार गरेर मतगणनास्थल दृष्य अवलोकन प्रणाली भीसीभीएमएस को प्रयोग गर्न निर्देशन दिएको छ ।

अब पालिकाले आफ्नै स्वामित्वमा रहने गरी निर्वाचन आयोगले तोकेको मापदण्डअनुसारका उपकरण जडान गर्नुपर्नेछ । मतगणना स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन भीसीभीएमएस स्थापना गरेर निर्वाचन आयोगले आफ्नो परिसरबाटै अवलोकन गर्ने भएको हो । स्थानीय तहको चुनावको मतगणना केन्द्र सम्बन्धित पालिकाको केन्द्रलाई नै बनाउने यसअघि नै निर्णय भइसकेको छ । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि आयोगले तयारी तीव्र बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *