खोजि गर्नुहोस..

नेत्र विक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको बैठक कपिलवस्तुमा सुरु

कपिलवस्तु । नेत्र विक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको बैठक शुरू भएको छ । पार्टी केन्द्रीय सम्पर्क कार्यालय कपिलवस्तुको शिवगडीमा पार्टीको १२औँ पुर्ण बैठक शुरू भएको हो । बैठकमा संसद्ले हालै पारित गरेको एमसीसी, निर्वाचनमा भाग लिने∕नलिनेबारे पार्टीको धारणा तय गर्ने छ । संसदीय व्यवस्थाको विरोध गर्दै आएको नेकपा स्थानीय तह निर्वाचनमा सहभागी हुने चर्चा चलिरहेको छ । यो विषयमा पार्टीभित्र थरी थरीका धारणा छन् ।

पार्टी महासचिव विप्लव नै निर्वाचनमा सहभागी हुनुपर्ने पक्षमा छन् । त्यस्तै पार्टी प्रवक्ता प्रकाण्ड पनि स्थानीय तहको निर्वाचनमा जानुपर्ने पक्षमा छन् । तर, अन्य नेताहरू भने तत्काल निर्वाचनमा जान नहुने अडानमा छन् । जुन विषयमा केन्द्रिय समिति बैठकले ठोस धारणा बनाउने छ । ई साझा न्यूज साभार ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *