खोजि गर्नुहोस..

आज तराई मधेशका जिल्लामा होली पर्व हर्षोल्लासका साथ मनाइँदै ,मधेशमा १० दिनअघिदेखि गुन्जिने धुन जोगिरा सरर… मा कमि

आज तराई मधेशका जिल्लामा होली पर्व हर्षोल्लासका साथ मनाइँदै छ । होलीको अवसरमा तराई मधेशका जिल्लामा आज सरकारले सार्वजनिक विदा दिएको छ । हिजो हिमाली र पहाडी जिल्लामा होली मनाइएको थियो ।  हिमाली पहाडी जिल्लामा र तराईका जिल्लामा एक दिनको फरकमा होली मनाउने चलाउने छ । तराई मधेसका जिल्लामा होली अर्थात् फागुलाई ‘होरी’ भन्ने चलन छ ।मूल मधेशी समुदायले पूर्णिमाको भोलिपल्ट अर्थात् फागुन कृष्ण प्रतिपदाको दिन होली मनाउँछन् ।

मिथिला क्षेत्रमा माध्यमिकी परिक्रमाको जनकपुरधाममा गरिने अन्तरगृह परिक्रमा सम्पन्न गरेर त्यसको भोलिपल्ट ‘होली’ मनाउने अर्को परम्परा छ । यसअनुसार हिजो जनकपुरधाम पुगेको परिक्रमा आज अन्तरगृह परिक्रमा गर्ने छ र शनिबार होली मनाइने छ । यसअनुसार यसपालि मधेश प्रदेशमा लगातार तीन दिन होली पर्व मनाइने छ ।

मधेशमा १० दिनअघिदेखि गुन्जिने धुन जोगिरा सरर… हराउदै 

होली पर्व सुरू हुनु साता दश दिनअघि नै मधेशका गाउँहरूमा जोगिराको धुन गुन्जिन थालेको छ । पहिला पहिला जस्ताे जोगिरा सरर… धुन नगुन्जिए पनि परम्परा र संस्कृतिलाई निरन्तरता दिनकै लागि मात्रै भए पनि बजाउने गरेको राजविराज- १ की ५० वर्षीया भगवती साहले बताइन् । उनले भनिन्, ´पहिला पहिले श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्मै फागु गीत गाइने गरे पनि अहिले होलीको केही दिनअघि देखि मात्रै गुन्जने गरेको छ।’ उनका अनुसार अघिल्लाे पुस्तासम्म होलीको एक महिनाअघि नै गाउँगाउँमा ढोल बज्थ्यो, मृदंग बज्थ्यो फागु गीत गुन्जिन्थ्यो । अहिले निकै कमी आएको भगवतीको अनुभव छ ।

जोगीरा सररर…, कौन ताल पर ढोलक बाजे कौन ताल मृदंङ,  कौन तालपर गोरिया नाचे कौन तालपर हम… भन्ने गीत, ढोल, मृदंग र डम्फूको स्वर अब सुन्नै मुस्किल भएको राजविराज नगरपालिका-१३ बिषहरियाका ७५ वर्षीया भैरव चौधरीले बताए । उनले थपे,´पहिलेपहिले त गाउँको कुनै निश्चित ठाउँमा मानिसहरू भेला भई अबेर रातिसम्म जोगिरा गाइन्थ्यो ।`  गाउँका केटाकेटी, महिला वृद्धवृद्धा र जोगिरा गाउने व्यक्ति सबैले आनन्द लिएर हेर्थे र सुन्थे । गाउँ नै आनन्दित हुने गर्थ्याे ।  तर, अहिले त्यस्तो रौनक नभएको चौधरीको भनाइ छ ।

समयको परिवर्तनसँगै गाउँका युवा रोजगारीका लागि गाउँ छोड्दै सहर र विदेसिएपछि  जोगिरा सररर… मा कमि आएको चौधरीको कथन छ। होलीको अबसरमा गाईने जोगिरा कार्यक्रममा युवाहरूसँगै ज्येष्ठ नागरिकले पनि रमाइलो गरेर आनन्द लिने गरेको राजविराज नगरपालिका-१ का ७० वर्षीया सुला रजकले बताए । होलीको अवसरमा गाइने जोगिरा मधेशको पहिचान र गौरव हो । यसलाई निरन्तरता दिन सबैले पहल गर्नु पर्नेमा रजकको जोड छ । उनले थपे, ´यसको संरक्षणमा युवा वर्ग अगाडि आउन जरुरी छ । इकागज साभार्|

 

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *