नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले नेपालकै विकासको लागि एमसीसी अनुमोदन भएको बताएका छ्न । गृहमन्त्री खाँणले पर्यटनको विकासविना नेपाल कहिल्यै विकास हुन नसक्ने बताउँदै एमसीसी परियोजना ऋण नभई अनुदान भएको र यो राष्ट्रको हितमा भएको बताएका छ्न । १२ औँ कपिलवस्तु महोत्सव कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीलाई सम्बोधन गर्दै एमसीसीका सैन्य परियोजना नभई आर्थिक विकासको आयोजना भएको बताएका छन् ।
घर घरमा विजुली पु÷याउने र विजुलीलाई सस्तो सर्वसुलव बनाई विधुतिय माध्यमको उपयोग गर्ने त्यसका कारण हालको विकास ले मात्र नपुग्ने र नेपालमा खेर गएको विधुत मार्फत विद्युत र सड्क बनाउने परियोजना एमसीसी भएको हुदाँ विजुलीको तारबाट सेना नआई विद्युत नै कुनै पनी कारणबाट नेपालमा विदेशी सेना आए पहिला हाल्का प्रधानमन्त्री र स्वं आफै लड्न तयार रहेको समेत बताएको थिए । उनले नेपालको गरिवी हटाउन ,रोजगारीको व्यवस्थापन गर्न, सवै नेपालीलाई शिक्षा स्वास्थ्य रोजगारी दिन रुख काट्ने , पहाड भत्काउने नभई एमसीसीले पानीको उपयोग गरि सजिलो माध्यमबाट नदिनालाको उपयोग गर्नु नै उपयुक्त दायित्व भएको बताएका थिए ।
नेपालकै विकासको लागि एमसीसी अनुमोदन भएको प्रष्ट पार्दै एमसीसीको कारण नेपालमा अ मेरिकी सेना आउने कुरा झुठा र एक भर्म मात्र भएको बताएका छन् ।जुन देशमा लोकतन्त्र छ जुन देशमा निर्वाचित जनप्रतिनिधि छन् स्वतन्त्र पत्रकार छन् त्यहाँ एमसीसी रहेको भन्दै नेपालमा पनि मानव अधिकार स्वतन्त्र पत्रकार लोकतन्त्र रहेकै कारण एमसीसी ल्याएको बताए । यी मुल्य र मान्यता नभएका देशमा अमेरिकाले एमसीसी परियोजना लग्दैन । शंका लागेका कुरामा हामीले १२ बुँदे ब्याख्यात्मक घोषणा पत्र लेखेका छौँ ।
एमसीसीको सबालमा प्रधानमन्त्री शेरबहादुर देउवाले कुशल नेतृत्व देखाएको र गिरिजाप्रसाद कोइरालाले शशष्त्र द्धन्द्ध कालमा माओवादीलाई शान्ति धारमा ल्याएर कुशल नेतृत्व प्रदान गरेजस्तै पार्टी सभापति देउवाले पनि अहिले गिरिजालेजस्तै कुशल नेतृत्व प्रदान गरिरहेको बताउएका थिए । गृहमन्त्री खाँणले भाषणको रुस र युक्रेनको लडाईका कारण नेपालमा महङ्गी बढेको भन्दै उर्जा संकट कम गर्न विजुली बाल्नु पर्ने बताउँदै यसको लागि सरकारले चाँडै विद्युत शुल्क घटाउने खाँणले बताए ।
ब्यापारी ब्यवसायीको हक अधिकार र विकासको लागि अहिलेको सरकार प्रतिवद्ध रहेको बताउँदै कुनै पनि सरकारी कर्मचारीले ब्यापारी व्यवसायीलाई असहयोग गर्न नहुने धारणा गृहमन्त्री खाँणको भनाई रहेको थियो । बुद्धस्थल तिलौराकोटसंग जोडिएका परियोजनाहरुको संचालन र विकास चाँडै गर्ने बताएका थिए । महोत्सव उद्घाटन पुर्व खाँणले पाटिको कार्यक्रर्ता भेटघाटमा समेत समय दिएका थिए । महोत्सवको उद्घाटन कार्यक्रम संघका अध्यक्ष एवं संयोजक डोलकराम घिमिरेको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष तथा निर्देशक छवि रेश्मीको स्वागत र महासचिव मनोज पौडेलको संचालनमा सम्पन्न भएको थियो । प्र्स्तुत : ई साझा न्यूज साभार
Related