खोजि गर्नुहोस..

आईओसीले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, अहिले सम्मकै उच्च खरिद मुल्य

काठमाण्डाै ।  इन्डियन आयल कर्पोरेशन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । आईओसीबाट आज बुधवार प्राप्त नयाँ मूल्यमा विभिन्न शीर्षकका कर थपिँदा पेट्रोलियम पदार्थको खरिद मूल्य अहिलेसम्मकै उच्च अवस्थामा पुगेको निगमले जनाएको छ ।

आईओसीबाट प्राप्त मूल्यमा सरकारले लगाएको कर थपिँदा पेट्रोलको खरिद मूल्य प्रतिलिटर एक सय ८२ रुपैयाँ ८१ पैसा, डिजल प्रतिलिटर ए कसय ६९ रुपैयाँ ४४ पैसा, मट्टीतेल प्रतिलिटर ए कसय १३ रुपैयाँ ४९ पैसा, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर एक सय ३१ रुपैयाँ ९४ पैसा, हवाई इन्धन (अन्तर्राष्ट्रिय) प्रतिलिटर एक सय १४ रुपैयाँ ५१ पैसा र एलपी ग्यास प्रतिसिलिन्डर दुई हजार दुई सय ४० रुपैयाँ ३४ पैसा पुगेको निगमले जनाएको छ ।

पेट्रोलियम पदार्थको बिक्रीबाट चैत महिनामा मात्रै १० अर्ब ६१ करोड रुपैयाँ नोक्सानी हुने निगमको प्रक्षेपण छ । निमगलाई मार्च १६ देखि ३१ सम्म पेट्रोलियम बिक्रीबाट पाँच अर्ब ३० करोड ९८ लाख रुपैयाँ घाटा हुने बताइएको छ । त्यस अवधिमा पेट्रोलको बिक्रीबाट एक अर्ब सात करोड ९८ लाख, डिजलको बिक्रीबाट तीन अर्ब १६ करोड ७२ लाख र एलपी ग्यासको बिक्रीबाट एक अर्ब २६ करोड ३७ लाख रुपैयाँ नोक्सानी हुने अनुमान गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

निगमलाई मट्टीतेल र हवाई इन्धनको बिक्रीबाट सामान्य नाफा हुनेछ । १५ दिनमा मट्टीतेलको बिक्रीबाट एक करोड ५० लाख, हवाई इन्धन (आन्तरिक) बाट एक करोड १३ लाख र हवाई इन्धन (अन्तर्राष्ट्रिय) बाट १७ करोड ५३ लाख रुपैयाँ नाफा हुने प्रवक्ता उपाध्यायको भनाइ छ । मट्टीतेल र हवाई इन्धनको बिक्रीबाट हुने नाफाले निगमको घाटा न्यूनीकरणमा उल्लेख्य योगदान गर्न सकेको छैन ।

आईओसीबाट आज प्राप्त मूल्यमा कर थपिँदा पेट्रोलमा प्रतिलिटर ३२ रुपैयाँ ८१ पैसा, डिजलमा ३६ रुपैयाँ ४४ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर ६ सय ६५ रुपैयाँ ३४ पैसा घाटा रहेको निगमको भनाइ छ । मट्टीतेलमा प्रतिलिटर १९ रुपैयाँ ५१ पैसा, हवाई इन्धन (आन्तरिक) मा चार रुपैयाँ ६ पैसा र हवाई इन्धन (अन्तर्राष्ट्रिय) मा प्रतिलिटर ४३ रुपैयाँ ८४ पैसा नाफा रहेको निगमले जनाएको छ ।

१५ दिनमा पेट्रोल ३२ हजार नाै सय १५ किलोलिटर, डिजल ८६ हजार नाै सय १० किलोलिटर, मट्टीतेल सात सय ७० किलोलिटर, हवाई इन्धन (आन्तरिक) दुई हजार सात सय ७९ किलोलिटर, हवाई इन्धन (अन्तर्राष्ट्रिय) चार हजार किलोलिटर र एलपी ग्यास १८ लाख ९९ हजार दुई सय ७८ सिलिन्डर खपत हुने निगमको आँकलन छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *