खोजि गर्नुहोस..

हलो चुनाव चिह्न नपाउने स्थिति आएमा चुनावमा अवरोध गर्ने लिङ्देनको चेतावनी

 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा  आफ्नै चुनाव चिह्न हलो नदिए चुनाव हुन नदिने चेतावनी दिएका छन् । सोमबार बर्दियामा भएको कार्यक्रममा उनले हलो चुनाव चिह्न नपाउने स्थिति आएमा चुनावमा अवरोध गर्ने चेतावनी दिएका हुन् ।‘राप्रपालाई आगामी स्थानीय तहको निर्वाचनमा दलको चुनाव चिह्न ‘हलो’ दिइएन भने चुनाव बहिष्कार गर्ने होइन, चुनाव नै हुँदैन, हामी हुन दिदैनौं । राप्रपालाई राष्ट्रिय राजनीतिको मूलधारबाट पर धकेल्ने कुरा स्वीकार्य छैन’ अध्यक्ष लिङ्देनले भने ।

राष्ट्रिय मान्यता पाएका दलबाहेक अरु दलका उम्मेदवारलाई निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवार मान्न सक्ने कानुनी व्यवस्था छ । त्यस्ता उम्मेदवारलाई निर्वाचन आयोगले अरु नै चुनाव चिह्न पनि दिन सक्नेछ । राजनीतिक दलसम्बन्धी ऐनमा भएको यो व्यवस्था विभेदकारी रहेको भन्दै राष्ट्रिय मान्यता प्राप्त दलबाहेक अरु दलले विरोध जनाइरहेका छन् । हाल नेपालमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी मात्र राष्ट्रिय मान्यता प्राप्त दल छन् । राप्रपा अध्यक्ष लिङ्देनले आफ्नै चुनाव चिह्न दिएर द्वन्द्व र मुठभेड रोक्न सरकार र निर्वाचन आयोगलाई आग्रह गरेका छन् । उनले आफ्ना कार्यकर्ता र शुभेच्छुकलाई हलोमै मतदान गर्न पाउने आश्वासन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *