खोजि गर्नुहोस..

युक्रेनबाट भारतकाे सहयाेगमा चार जना नेपाली स्वदेश , मोदी र भारत सरकारलाई प्रधानमन्त्री देउवाको धन्यवाद

काठमाण्डौ । युक्रेनबाट  भारत सरकारको सहयोगमा चार जना नेपाली आज काठमाण्डौ आइपुगेका परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो ।भारत सरकारले युक्रेनमा रहेका आफ्ना नागरिकलाई अपरेशन गंगा कार्यक्रम मार्फत् स्वदेश फर्काउने क्रममा चार जना नेपालीलाई पनि उद्धार गरेर ल्याएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली नागरिकलाई  फिर्ता ल्याउन सहयोग गरेकोमा ट्विटरमार्फत् भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारत सरकारलाई धन्यवाद दिनुभएको छ ।

रुस र युक्रेनबीचको युद्धका कारण अहिले विभिन्न देशले युक्रेनमा रहेका आफ्ना नागरिकको उद्धार गरी स्वदेश फर्काइरहेका छन् । युक्रेनबाट अहिलेसम्म पाँच सय ८४ जना नेपाली बाहिरीएका छन् । यो बाहेक युक्रेनमा नेपाली नागरिक भए नभएको बारे तथ्याङ्क नभएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार युक्रेनबाट नेपालीहरु विभिन्न देशमा गएका भए पनि नेपाल आएपुगेको औपचारिक जानकारी भने चार जनाको मात्रै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *