ठकेदार अनुप पाण्डे ठगी मुद्दाको जाहेरी परेपछि पक्राउ परेका छन्। काठमाडौंमा लुकिछिपी बसेका पाण्डेलाई शनिबार बिहान प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताएका छ्न्।
पक्राउपछि पाण्डेलाई दाङ ल्याउने तयारी भइरहेको एसपी काफ्लेले जानकारी दिए। पाण्डेविरूद्ध विभिन्न व्यक्तिले झन्डै ६ करोड ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिएका छन्। पाण्डे तुलसीपुर-घोराही चार लेन सडकखण्ड निर्माणको जिम्मा लिएका ठेकेदार हुन्।
Related