खोजि गर्नुहोस..

भन्सार एजेन्टको परीक्षा स्थगित

काठमाडौं । आज दिउँसोका लागि तय भएको भन्सार एजेन्टको परीक्षा स्थगित भएको छ । उच्च अदालत पाटनले दिएको अल्पकालीन अन्तरिम आदेशअनुसार भन्दै भन्सार विभागले परीक्षा स्थगन गरेको हो । विभागले अर्को सूचना नभएसम्मका लागि परीक्षा नहुने जनाएको छ ।परीक्षा आज दिउँसो २ बजेका लागि तय गरिएको थियो । बिहीबार न्यायाधीश भोजराज अधिकारीको एकल इजलासले चैत ६ गतेसम्मका लागि परीक्षा स्थगित गर्न आदेश दिएको थियो । भन्सार विभागले प्रकाशित गरेको सूचना नेपालको संविधानको धारा ४२ अनुसार समानुपातिक/समावेशी नभएको भन्दै कृष्टिना थैवले भन्सार विभागलाई विपक्षी बनाई एक वर्षअघि रिट दायर गरेकी थिइन् ।

रिट निवेदकले माग गरे बमोजिम अन्तरिम आदेश दिने कि नदिने भन्ने सम्बन्धमा दुवै पक्षसँग छलफल गर्न उपयुक्त हुने भन्दै अदालतले आगामी चैत ६ गते अदालतमा उपस्थित हुन विपक्षीको नाममा आदेश दिएको छ । २२ जेठ २०७८ मा पनि कोरोना संक्रमणका कारण देखाएर परीक्षा स्थगित गरिएको थियो । त्यसपछि फेरि २९ माघ २०७८ का लागि तोकिएको परीक्षा पनि स्थगित भएको थियो । पुराना भन्सार एजेन्टको स्वार्थमा परीक्षा लिन विलम्ब गरिएको भन्दै आवेदकहरूले यसअघि भन्सार विभागमा धर्नासमेत दिएका थिए ।१७ चैत २०७७ मा भन्सार एजेन्टको इजाजतपत्रका लागि दरखास्त आवेदन माग गरिएको थियो । ६६० पदका लागि साढे ९ हजारले आवेदन दिएका छन् । भन्सार एजेन्टहरुले निकासी र पैठारीकर्ताको काममा सहजीकरण गर्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *