बसन्त बन्जाडे, तौलिहवा । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा, कपिलवस्तु नगरपालिका वार्ड ०२ जिल्ला प्रहरी कार्यालयको पूर्व पट्टी बर्गदवा भन्ने गाउँ छ । त्यो सानो गाउँ अहिले कपिलवस्तु नगरपालिका र यशोधरा गाउँपालिका हरेक वार्डमा चर्चित छ । बर्गदवाले कस्लाई चुनाव लडाउछ भनेर, स्थानिय तहको निर्बाचनको मिति नजिकिए संगै बर्गदवाले यि दुई पालिकामा कस– कसलाई उम्मेद्धार बनाउला भन्ने बहस, चर्चा एंव परिचर्चा भइ रहेका छन् ।
स्व. भगवानदास गुप्त
कपिलवस्तु जिल्लाका लोक प्रिय राजनैतिक कर्मी एंव सामाजिक व्याक्तित्व स्व. भगवान दास गुप्तको निवास भएकोले यो गाउँ चर्चा र परिचर्चामा रहन्छ । यो गाउँ बाटै कुनै समय भगवान दास गुप्तले जिल्ला भर शासन गर्ने गर्दथे भने उनको राष्ट्रिय राजनितिमा गतिलो छाप थियो । उनका भाई रामदास गुप्त भने स्थानिय राजनितिको सम्माल्ने गर्दथे । स्व. भगवान दासको उत्तराधिकारीको उदाएका छोरा बृजेश कुमार गुप्ता अहिले कपिलवस्तु क्षेत्र नं. २ बाट संसद छन् । उनि नेपाल सकारको मन्त्री पनि भै सकेका छन् ।



रामदास गुप्त
कपिलस्तु नगरपालिकामा तथा यस क्षेत्रमा बर्गदवा एंव भगवान दास गुप्त परिवार र नेपाली कांग्रेस बिच कडा टक्कर हुदै आएको छ । संसदमा सधै बाजी मार्दै आएको बर्गदवालाई गत स्थानिय तहको निर्वाचनमा भने कपिलवस्तु नगरपालिका, यशोधरा गाउँपालिका बर्गदवालाई नेपाली कांग्रेसले मात दियो । कपिलवस्तु नगरपालिकाका मेयर, उपमेयर लगायतका १२ मध्ये ९ वडा अध्यक्ष गुमाउन बर्गदवा पक्ष बिवश भयो ।



सांसद बृजेश कुमार गुप्ता
बर्गदवाका मेयरका उम्मेद्धार रामदास गुप्ता र उप मेयरका उम्मेद्धार बासुदेव कसौधन फराकिलो मतान्तरले पराजित भए । कांग्रेसबाट मेयरका उम्मेद्धार ९२५४ मत प्राप्त गरि बिजय हुंदा रामदासले ५६३१ मत प्राप्त गरेर दोश्रो स्थान हासिल गरेका थिए । उपमेयरमा कांग्रेसका लक्ष्मी गुप्ता सावले ८८६५ मत प्राप्त गरि बिजय हासिल गरिन भने बासुदेवले ४७१७ मत प्राप्त गरेका थिए ।
बर्गदवाका उम्मेद्धारले यति फराकिलो मतान्तरले हार बेह्रोनुमा तत्तकालिन समयमा मधेशवादी दलले निर्बाचन बहिस्कार गर्नाले चुनाव चिन्न बुझाउन नसक्न्, निर्वाचनामा भाग लिने वा नलिने भन्ने निर्णय समयमा लिन नस्कनु ठूलो कारण भएको बर्गदवा पक्षधरले बताउने गर्दै आएका छ । उपमेयरमा पराजित बासुदेव भन्छन् तत्कालिन समयमा सांसद बृजेश कुमार गु्प्ताले स्थानिय तहको चुनाव बहिस्कार गर्नु हारको मुख्य कारण भएको बताउ छन् । उनले भने राजपाले स्थानिय तहको चुनाव भाग लिएको भए अवस्था फरक हुने थियो ।
बर्गदवा पक्षका एक नेता तौलिहवा उद्योग बाणिज्य संघ पूर्व अध्यक्ष सन्तोष कसौधन अहिले अघिल्लो पटक मेयरमा पराजित भएको ३६२३ मतान्तरले नै कांग्रेसलाई हराउने बताउछन् ।



बासुदेव कसाैधन
स्थानिय तहको निर्बाचनको मिति नजिकिदै स्वतन्त्र समुहबाट सासंद रहेका बृजेश कुमार गुप्ता कुन पार्टीको समाउलान बर्गदवाको उम्मेदार को होला भन्ने बिषयमा यस क्षेत्र मात्र नभई जिल्ला भर नै चर्चा, परिचर्चा भईरहेको छ । सांसद गुप्ताले कुन पार्टीमा प्रबेश गर्ने भन्ने विषयमा हरेक वार्डमा रहेका आफ्ना नेता तथा कार्यकर्ताहरुलाई घरमै बोलाएर निरन्तर छलफल गरिरहेको निकटहरुले बताउने गरेका छन् ।
जुनै पनि हालतमा कपिलवस्तु नगर जित्ने उदघोष गरेको बगर्दवालाई मेयरको उम्मेद्धार चयन गर्न मुस्किल पर्दै गएको चिया चर्चा पनि सुनिने गरेको छ । बर्गदवाबाट अघिल्लो स्थानिय तहको निर्बाचनमा गाउँ पञ्चायत देखी नै करिव ४० बर्ष कपिलवस्तु नगर पालिकामा शासन गरेका रामदास गुप्त निर्बिकल्प उम्मेद्धार थिए । अहिले अवस्था फेरिएको छ, ७८ बर्षिय रामदास अव उमेरका कारणले निर्बाचन लड्ने मुडमा खासै छैनन् ।



डा. राजेश गुप्ता
उनी आफ्नो उत्तराधिकारीको रुपमा कान्छो छोरा डा. राजेश गुप्तालाई ल्याउने सोचमा रहेको चर्चा सुनिन्छ । सामाजिक संजालहरुमा पनि बर्गदवा निकत नेता कार्यकर्ताहरुले भावी मेयर भन्दै उनका तस्बिरहरु पोष्ट गरेको देख्न सकिन्छ । स्वच्छ, मिलनसार मानिने राजेश हाल आम्दा अस्पताल बुटवलमा कार्यरत छन् ।



सुदिप पाैडेल
कपिलवस्तुको राजनितिका हस्तीहरु स्व.भगवान दास गुप्तका उत्तराधिकारीको सांसद बृजेश आफ्नो कद बढाई सकेका छन् । स्व. भगवान दासकै भाई रामदास पनि अव छोरा राजेशलाई स्थानिय तहको निर्बाचन मार्फत राजनितीमा उर्तान चाहान्छन् । तर बर्गदवा समुहमा अहिले मेयरका लागि धेरै आकांक्षी देखिएका छन् त्यसैले गर्दा पारिवारिक विरासतकै आधारमा डा. राजेश सर्ब सहमत मेयरको उम्मेद्धार हुन सक्नेमा शंका गरिएको छ । उनको बाटोमा रोडा बनेर आउने हरुमा रामदास मेयर रहेको समयमा १० बर्र्ष उपमेयर सम्मालेका बासुदेव कसौधन, उनि अघिल्लो निर्बाचनमा उममेयरमा पराजित भएता पनि अहिले नगरको नेतृत्व माग गर्दै आएको सुनिन्छ । बिशेष गरेर सिनियर राम दासले नेतृत्वमा दावी नगरेको अवस्थामा उनले मेयरको दावेदारी गर्न सक्ने बताईन्छ ।
यसै गरि लोकप्रिय युवा नेता कपिलवस्तु नगरपालिका वार्ड ०१ का वडा अध्यक्ष सुदिप पौडेल अर्का बलिया दावेदार हुन उनलाई उम्मेद्धार बनाउन नगरका युवाहरुको बिशेष माग नै रहेको छ र सामाजिक संजालमा पनि उनलाई मेयरको उम्मेद्धार बनाउन दवाव समुह समेत चलाईएको छ ।



धिरज कुमार गुप्ता (सन्जय)
अर्का दावेदार हुन सफल व्यवसायीको रुपमा परिचित समाजसेवी धिरज कुमार गुप्ता (सन्जय) तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्ष पदामा पराजित भएता पनि उनि बिभिन्न तहबाट सामाजिक क्षेत्रमा सकृय छन् । सन्जयले पनि टिम भित्रको छलफलमा आफ्नो पनि मेयरमा दावेदारी रहेको बताउने गरेको छन् ।
हेर्न बाँकी छ कपिलवस्तु नगरमा बर्गदवाको उम्मेद्धार को होला ? चार जना बिच सहमति होला वा टिम भित्रको संतुलन मिलाउन ७८ बर्षिय रामदास पुनः मेयरमा उम्मेद्धार बनेर होमिएलान ?
कपिलवस्तु नगरपालिका बिभिन्न वडाहरुमा चौक तथा चौराहाहरुमा भएका चिया पसल तथा गल्लीहरुको छलफल र चर्चाको आधारमा ।
Related