खोजि गर्नुहोस..

चुनावमा गठबन्धनबारे निर्णय गर्ने अधिकार स्थानीय समितिलाई : कांग्रेस लुम्बिनी प्रदेश

बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले आसन्न स्थानीय तहको निर्वाचनमा अन्य दलसँगको गठबन्धन पार्टीको स्थानीय समितिले गर्नसक्ने अधिकार दिएको छ । बिहीबार पार्टी प्रदेश कार्यालय बुटवलमा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले कांग्रेस गठबन्धन नगरी पनि निर्वाचन लड्न सक्षम रहेको बताए ।

अन्य दलसँग गठबन्धन गर्ने/नगर्ने अधिकार स्थानीय समितिलाई रहने बताउँदै उनले आवश्यकता परेको अवस्थामा सत्ता गठबन्धन भन्दा बाहिरका दलसँग पनि गठबन्धन हुन सक्ने बताए । उम्मेद्वार छनोट गर्दा निश्चित विधि र मापदण्ड बनाएर पार्टीले टिकट वितरण गर्ने पनि सभापति पुनले बताए । स्थानीय तहको निर्वाचनमा टिकट वितरण गर्दा पार्टीमा गरेको योगदान, जनाधारको मूल्यांकन, कार्य क्षमता, दक्षता सहितको समावेशितालाई प्राथमिकता, क्रियाशिलता, निरन्तरता, निष्ठा र त्यागको मूल्यांकन, प्रतिस्पर्धी पार्टीका उम्मेदवार समेतलाई मध्यनजर गरी उम्मेद्वार छनोट गरिने पुनले बताए ।

सभापति पुनले स्थानीय तहको निर्वाचनको टिकट खोज्न नेताको घरमा भन्दा पनि जनताको घर–घरमा जना आग्रह गरेका छन् । पैसामा टिकट वितरण हुँदैन । ‘जसले जनताको घर–घरमा गएर स्थानीयको मन जित्छ उसैले टिकट पाउँछ,’ पुनले भने । स्थानीय तहको निर्वाचन नजिते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन जित्न गाह्रो हुने पुनले बताएका छन् । यसैबीच नेपाली कांग्रेसले लुम्बिनी प्रदेशको कोषाध्यक्षमा प्रकाश रानालाई मनोनित गरेको छ । नेपाली कांगे्रसको विधान अनुसार कोषाध्यक्ष मनोनित गर्ने व्यवस्था भएबमोजिम रानालाई कोषाध्यक्षमा मनोनित गरिएको सभापति पुनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *