नेपाल कम्युनिष्ट पार्टी(माओबादी केन्द्र) कपिलबस्तु नगरपालिका वडा न १ का वडा कमिटी अध्यक्ष प्रितम पाण्डेको अध्यक्षता, कपिलबस्तुका युवा नेता शुसिल कुमार तिवारीको प्रमुख आतिथ्यता, नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) कपिलबस्तु नगरकमिटी अध्यक्ष शत्रुघन विलास सिहँ चौधरीको विशिष्ट आतिथ्यता ,कपिलबस्तु नगरपालिकाका नगर उपाध्यक्ष घनश्याम पाठक(कासिनाथ), अनारुलहक मुसलमान, विश्वनाथ गौड,पल्टु पासी, राजन कहाँर लगायतको आतिथ्यतामा भएको पाटी प्रवेश कार्यक्रममा दुइ सय जनाले
विभिन्न पार्टी परित्याग गरि माओबादी केन्द्रमा प्रवेश गरका छन । सबैलाई अविर लगाएर स्वागत गर्दै पार्टी सदस्यता वितरण गरिएको नगर अध्यक्ष शत्रुघन विलास सिँह चौधरीले बताउनु भयो ।
पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि नेकपा(माओबादी केन्द्र)का युवा नेता शुसिल तिवारीले शोसक र श्रमिक बीचको एक चरणको लडाई बन्दुकले जितेको बताउँदे अबको लडाई विचारको लडाई भएको बताएका छन । कुनै पनि क्रान्तिमा मानिसहरुको ज्यान जाने कुरा उल्लेख गर्दै दश बर्षे जनयुद्धमा हजारौ मानिसको ज्यान केवल नेपालको वर्तमान परिवर्तन र विकासका लागी भएको बताएका छन । माओबादी आन्दोलनकै बलमा नेपालमा जनताका छोरा छोरी आफ्नो हक अधिकार लडेर भए पनि लिनु पर्दछ भन्ने चेतना आएको जिकिर गर्नु भयो । निम्न बर्गको अधिकारका लागी माओबादी लडेको लडेकै कारण यो देशमा पहिलो राष्ट्रपति मधेशी तथा देशकै पहिलो महिला राष्ट्रपति एवम सभामुख बनाउन सम्भव भएको कुरा बताउनु भयो । मन्तब्यकै क्रममा कपिलबस्तु नगरपालिकाका नगर अध्यक्ष कमरेड शत्रुघन विलास सिहँ चौधरीले नेपालकै दोस्रो पुरानो नगरपालिका कपिलबस्तु नगरपालिका भएर पनि यहाँका अहिले सम्म यस क्षेत्रमा भएका सँसद ,मेयर लगायतका जनप्रतिनिधिहरुल नै अँध्यारोमा धकेलेको बताउनु भयो । विकास र विनास दुई सिक्काका एक पाटा भए ता पनि सडक विस्तार गर्ने क्रममा भत्काईएका घरहरुको क्षतिपूति एवम मुआब्जा वितरण नगरेको प्रति दुख व्यक्त गर्नु भयो । बोल्ने क्रममा नेता चौधरीले ,कपिलबस्तु जिल्लामा भएका दुई भन्सार नाका मध्ये कृष्णनगर नाकामा भारतीय सवारी साधनलाई सुविधा दिएको भए ता पनि खुनुवा नाका अन्र्गगत सुठौली भन्सार परिसर,तौलिहवा,लवनी,पकडी लगायतका क्षेत्रमा भारतीय नम्बर प्लेटमा हिड्ने नेपालीलाई सुविधा नदिएको प्रति आक्रोश व्यक्त गर्दै छिट्टै जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाउने बताउनु भयो । यसै क्रममा नेता चौधरीले आगामी बैशाख ३० गते हुने स्थानीय निकायको चुनाबमा कपिलबस्तु नगरपालिकामा मेयर पदमा उम्मेदवारी दिने समेत बताउँदै
नेकपा(माओबादी केन्द्र)को चुनाब चिन्ह गोलो घेरामा हसिया हथौडामा मतदान गरि विजयी गराउनु हुन समेत अनुरोध गर्नु
भयो । साथै नगर उपाध्यक्ष कमरेड घनश्याम पाठक (कासिनाथ) पाठकले नेपाल कम्युनिष्ट पार्टी(माओबादी केन्द्र) देशकै
एक नम्बर पार्टी रहेको बताउनु भयो । जनयुद्धकालमा माओबादी को नाममा ठगी खाने खाओबादीहरुको कारण दक्षिणमा
माओबादी प्रति नकारात्मक भ्रम सृजाना भएको स्वीकार गदै आगामी दिनमा नेकपा(माओबादी केन्द्र) प्रति समाजमा
फैलिएको भ्रम चिर्ने बताउनु भयो । जनयुद्धकालमा जनतालाई दुख दिने पार्टीको कुनै निति ,सिद्धान्त नभएको बताउँदै केही
व्यक्तिगत रिसीवी र ईस्र्याका कारण माओबादीको खोल भिरेका अराजक तत्वहरुको कारण भएको बताउनु भयो । देशमा
जनताका छोराछोरीद्धारा लेखिएको सँविधान बनाउने , सँघियता,समावेशीता,गणतन्त्रता ल्याउने लगायत
मधेशी,मुस्लीम,थारु एवम जनजाती सबै खाले शोषित पीडीत नागरिकहरुको बारेमा आवाज उठाउने पार्टी नै
नेकपा(माओबादी केन्द्र) भएको बताउनु भयो । कार्यक्रमको सञ्चालन नगर समिति सदस्य एवम अनेरास्ववियू(क्रान्तिकारी )
कपिलबस्तुका जिल्ला अध्यक्ष एवम केन्द्रिय सदस्य हरिश चन्द्र खनालले गर्नु भएको थियो ।
Related