जिल्लामा खट्ने प्रतिनिधिलाई यस्तो छ निर्देशन
जिल्लामा खटेका केन्द्रीय सदस्यहरुलाई केन्द्रले १५ बुँदे निर्देशनसमेत जारी गरेको छ। जिल्लामा खट्ने नेताहरुलाई जिल्ला जानु पूर्व, जिल्ला पुगेपछि र जिल्लाबाट फर्किएपछि के के गर्ने भनी एक पृष्ठको निर्देशन केन्द्रले जारी गरेको हो।
जिल्ला जानुपूर्व
१)प्रतिनिधि पत्र प्राप्त लगत्तै सम्बन्धित जिल्लाका पार्टी सभापतिसँग सम्पर्क गरेर अभियानको पूर्वतयारी बारे प्रारम्भिक छलफल गर्ने।
२) सम्बन्धित जिल्लाका केन्द्रीय एवं प्रदेश कार्यसमितिका साथीहरू, अग्रज नेतृत्व, पार्टीको जिल्ला सभापति पदका उम्मेदवारहरु, पार्टीका सांसद या अघिल्लो निर्वाचनका उम्मेदवारहरुसँग टेलिफोन सम्पर्कमा पुग्ने।
३) सम्बन्धित जिल्लाका साथीहरू जो जिल्ला बाहिर राजधानी या अन्यत्र हनुहन्छ, उहाँहरुलाई अभियानक्रममा आ-आफ्नो जिल्ला र स्थानीय तह फर्किन सम्पर्क र आग्रह गर्ने।
४) राजधानीमा रहेका जिल्ला सम्पर्क समितिका साथीहरूलाई अभियानमा केन्द्रले तोके बमोजिमको कार्यगर्न सूचित, निर्देशित र प्रेरित गर्ने।
५) जिल्लामा गएर सम्पादन गर्नुपर्ने कार्यहरू बारे जिल्ला जानु पूर्व में व्यक्तिगत कार्ययोजना तयार गर्ने।
जिल्ला पुगेपछि गर्नुपर्ने कामहरु
१) जिल्ला कार्यसमितिको बैठकमा सहभागी भएर अभियानको उद्देश्य र कार्यक्रमको आवश्यकता र महत्व सुसूचित गर्ने।
२) अभियानमा सम्पूर्ण रुपले समर्पित, केन्द्रित र एक्यवद्ध हुन जिल्लाका सबै साथीहरुलाई अपील गर्ने।
३) १४ औं महाधिवेशन क्रममा विभिन्न तहको नेतृत्व चयन हुँदै गर्दा आपसमा कहिँ पनि, कुनै पनि ढंगको मनमुटाव बॉकी छन् भने त्यसलाई परित्याग गरेर पार्टीको विजयको वृहत लक्ष्यमा पुनः गतिशीलतुल्याउन आवश्यक समन्वय गर्ने।
४) विधानमा गरिएको व्यवस्था कार्यान्वयन गर्न गराउन जिल्ला समिति र जिल्लामार्फत वडा तहसम्मपठाइएका परिपत्रको कार्यान्वयनका लागि अभिप्रेरित गर्ने
५) जिल्लामा पार्टीको एउटा तह र अर्को तह बिच समन्वयको अवस्था के कस्तो छ, अध्ययन गरि जरुरी समन्वयका लागि आवश्यक निर्देशन दिने।
६) हरेक कॉधलाई भारि, हरेक हातलाई जिम्मेवारीको निति अनुरुप जिल्ला कार्यसमिति एवं जिल्लाभित्रका सबै तहका समितिलाई यो कार्यान्वयनमा तदारुकताका लागि प्रेरित गर्ने।
७) नेपाली कांग्रेसको वेबसाईटमा सबै जिल्ला कार्यसमितिको अलग ‘सब डोमेन व्यवस्था गरिएको हुँदा,त्यसको प्रयोगको प्रक्रिया बारे सुसूचित गर्ने।
८) जिल्लाका जनतालाई आगामी निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन अपील गर्ने तथा नेपाली कांग्रेसलाई विजयी गराउन आग्रह गर्ने। (केन्द्रीय प्रतिनिधि साथीहरुको भोजन र आवासको प्रबन्ध स्थानीय साथीहरुको निवासमा हुनेछ।)
जिल्लाबाट फर्किएपछि
१) केन्द्रीय प्रतिनिधिका रूपमा आफू खटिएर गएको जिल्लामा अभियानको उपलब्धि र कमजोरीबारे समीक्षा टिपोट तयार गर्ने।
२) जिल्लाको पार्टी संगठनको समग्र वस्तुस्थिति सहितको लिखित प्रतिवेदन पार्टी केन्द्रीय कार्यालयमा बुझाउने।