खोजि गर्नुहोस..

माओवादी केन्द्रले गरेको एमसिसी बारेको निर्णयमा तीन जना नेताहरुले ‘नोट अफ डिसेन्ट’ दर्ता गराएका छ्न

नेकपा माओवादी केन्द्रले गरेको एम्सीसीबारेको निर्णयमा तीन जना नेताहरुले ‘नोट अफ डिसेन्ट’ दर्ता गराएका छन् । नेताहरु देव गुरुङ, लीलामणि पोखरेल र कृष्णबहादुर महराले पार्टी कार्यालयमा निर्णयमाथि नोट अफ डिसेन्ट जनाएका छन् । सो नोट अफ डिसेन्टबारे अध्यक्ष प्रचण्डले सोमबारको केन्द्रीय समिति बैठकलाई जानकारी गराएका छन् । यस्तै नेता नारायणकाजी श्रेष्ठले पनि एमसीसीको विरोधमा आफ्नो मत बैठकमै राखेको भन्दै प्रचण्डले यसबारे केन्द्रीय समितिमा छलफल गरेर निष्कर्षमा लगिने बताए । ‘पार्टी निर्णयको पक्षमा अध्यक्षले र त्यसको असहमतिसहित अर्को नेता कमरेडले विषय प्रस्तुत गरिसकेपछि व्यापक रुपमा केन्द्रीय समितिमा छलफल गर्ने र अन्तिममा एउटा निष्कर्ष निकाल्नुपर्ने हो’, प्रचण्डले सोमबारको बैठकको सुरुमै भने, ‘त्यतिमात्रै होइन अस्ति एमसीसीबारे हामी दुई जनाले कुरा राखिसकेपछि अन्य केही कमरेडहरुबाट पनि (देव गुरुङ, लीलामणि पोखरेल र कृष्णबहादुर महराले आफ्नो असहमति जनाएका राख्नु भएको छन् ।’

प्रचण्डले यसमा अन्य नेताहरुको पनि समान किसिमको असहमति रहेकाले यसबारे पार्टीमा छलफल गरेर सम्बोधन गरिने बताए । ‘पार्टी निर्णयको पक्षमा अध्यक्षले र त्यसको असहमतिसहित अर्को नेता कमरेडले विषय प्रस्तुत गरिसकेपछि व्यापक रुपमा केन्द्रीय समितिमा छलफल गर्ने र अन्तिममा एउटा निष्कर्ष निकाल्नुपर्ने हो’, प्रचण्डले सोमबारको बैठकको सुरुमै भने, ‘त्यतिमात्रै होइन अस्ति एमसीसीबारे हामी दुई जनाले कुरा राखिसकेपछि अन्य केही कमरेडहरुबाट पनि (देव गुरुङ, लीलामणि पोखरेल र कृष्णबहादुर महराले आफ्नो असहमति जनाएका राख्नु भएको छन् । ’ प्रचण्डले यसमा अन्य नेताहरुको पनि समान किसिमको असहमति रहेकाले यसबारे पार्टीमा छलफल गरेर सम्बोधन गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *