खोजि गर्नुहोस..

महाअभियोगबारे अनुसन्धान गर्न महाअभियोग सिफारिस समिति गठन

काठमाण्डाै ।  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाअभियोगबारे अनुसन्धान गर्न महाअभियोग सिफारिस समिति गठन भएको छ । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको आज आइतवारकाे बैठकले महाअभियोग सिफारिस समिति गठन गरेको हो । ११ सदस्यीय समितिमा नेकपा एमालेका पनि चार जना सांसद रहेका छन् ।समितिमा सांसदहरू एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट , रेखा शर्मा, लालबाबु पण्डित, विष्णु पौडेल र शिवमाया तुम्वाहाम्फे रहेका छन् । महाअभियोग सिफारिस समिति गठन गरियोस् भन्ने प्रस्तावलाई प्रतिनिधि सभाको बैठकले पारित पनि गरेको छ ।

यस्ताे छ महाअभियाेग सिफारिस समिति :-

एमाले

१. विष्णु पौडेल २. लालबाबु पण्डित ३. शिवमाया तुम्बाहाम्फे ४. कृष्णभक्त पोखरेल

कांग्रेस

५. मीनबहादुर विक ६. रामबहादुर विष्ट

माओवादी

७. यशाेदा सुवेदी ८. रेखा शर्मा

नेकपा एस

९. कल्याणी खड्का

लोसपा

१०. एकवाल मियाँ

जसपा

११. प्रमोद साह

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *