कृष्णनगर । कपिलवस्तुको विजयनगरमा शनिबार अायोजित एक कार्यक्रमका सराेकारवालाहरूले मदरसामा अध्यापन गर्ने शिक्षकहरूको व्यवस्थापन नेपाल सरकारले गर्नु पर्ने बताएका छन् ।
नेपाल मुस्लिम यूनिवर्सिटी, मदरसा इस्लामियाको मसाइल, तरक्कीमा ध्यानाकर्षण र चिन्तन विषयमा छलफल कार्यक्रममाे बाेल्ने अधिकासं सराेकारवालाहरूले मदरशालाइ मुल प्रवाहीकरणामा ल्याएर मदरसाका शिक्षकहरूकाे व्यवस्थापन गर्ने माैलाना तथा माैलवीहरूकाे तलव सरकारले उपलब्ध गराउनु पर्ने बताएका हुन ।
मदरसा संरक्षण समिति विजयनगरको अगुवाईमा विजयनगर गाँउपालिकाको अहले सुन्नत फैजे गौसिया पिपरीमा अायाेजनामा बाेल्दै कार्यक्रमका प्रमुख अतिथी पूर्व प्रमुख जिल्ला शिक्षा अधिकारी अब्दुल रउफ खांले मदरसा शिक्षाले मुस्लिम समुदाय शिक्षित हुने अवसर पाई रहेको बताउदै मदरसा हरूको संरक्षण गर्नु मुस्लिम समुदायको कर्तव्य रहेको बताएका छन् । उनले मदरसालाइ मुल प्रबाहीकरण अहिलेकाे प्रमुख सवाल रहेकाे बताए। खाँले प्रदेश सरकारलाइ मदरसालाइ कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने सवालमा सुझाव पनि उपलब्ध गराइको भन्दै साे अनुसार सरकार अगाडी बढ्नु पर्ने बताए ।
कार्यक्रममा बोल्दै डा. जहिरूल हसनले आफूहरू मदरसाको संरक्षण गर्न हरेक सम्भव प्रयास गर्ने बताउदै विजयनगरमा मुस्लिम युनिवर्सिटीको जग छिट्टै स्थापना हुने विश्वास व्यक्त गरे l यस्तै कार्यक्रममा बोल्दै अकरम पठानले मदरसा लाई राज्यले मुल प्रवाहिकरणमा ल्याई मदरसामा पढाउने शिक्षकको व्यवस्थापन राज्यले गर्नुपर्ने बताए l
कार्यक्रममा हाजी अब्दुल कलाम खाँन ,मौलाना अकबर खाँन ,मौलाना मुस्ताक बरकाती ,मौलाना मुजीबुर्रहमान ,कलाम भाई लगायतले आफ्नो विचारहरू प्रकट गरेका थिए ।
कार्यक्रममा तिन दर्जन बढी मदरसाका आलीम र मदरसा व्यवस्थापन समितिका अध्यक्ष हरूको उपस्थित रहेको थियो l कार्यक्रम मौलाना सद्दाम साहबकाे संचालनमा सम्पन्न भएको थियो ।
Related