खोजि गर्नुहोस..

रहेनन् पूर्व अस्ट्रेलियन क्रिकेटर शेन वार्न

एजेन्सी । अस्ट्रेलियन क्रिकेटर शेन वार्नको हर्ट अट्याकबाट निधन भएको छ ।
महान क्रिकेटर वार्नको ५२ बर्षको उमेरमा हर्ट अट्याकबाट निधन भएको उनको ब्यवस्थापन सम्बन्धी संस्थाले जानकारी गराएको छ ।
वार्नको व्यवस्थापन सम्बन्धी संस्थाले जारी गरेको संक्षिप्त विज्ञप्तिमा वार्नको शनिबार बिहान थाइल्यान्डको कोह समुइमा निधन भएको हो ।
जारी सूचना अनुसार उनको हृदयघातका कारण निधन भएको आशंका गरिएको छ । ‘उनी आफ्नै निवासमा अचेत अवस्थामा भेटिएका थिए । स्वास्थ्यकर्मीहरुले बचाउने प्रयास गरेका थिए । तर उनलाई ब्युँत्याउन सकिएन’ विज्ञप्तिलाई उद्धृत गर्दै फक्स क्रिकेटले लेखेको छ ।

१५ वर्षसम्म अस्ट्रेलियाको राष्ट्रिय क्रिकेट टिमबाट खेलेका वार्नले खेल जीवनभर टेष्ट क्रिकेटमा ७ सय ८ विकेट लिएका थिए। टेष्ट क्रिकेटमा धेरै विकेट लिने खेलाडीमध्ये उनी दोस्रो नम्बरमा थिए। सर्वाधिक विकेट लिने पहिलो नम्बरमा भने श्रीलंकाली क्रिकेटर मुथैया मुरलिधरण छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *