खोजि गर्नुहोस..

चैत्र ३ गतेदेखि १३ गतेसम्म १२औं कपिलवस्तु महोत्सव संचालन हुने

कपिलवस्तु । १२औं कपिलवस्तु महोत्सव चैत्र ३ गतेदेखि १३ गतेसम्म संचालन गर्ने भएको छ । संघको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । ‘सक्षम व्यवसायी, समृद्ध राष्ट्र र स्वाधीन अर्थतन्त्र’ भन्ने मूल नाराका साथ हुन गईरहेको १२ औँ कपिलवस्तु महोत्सवलाई ऐतिहासिक बनाउन आफुहरु लागी पर्ने महोत्सवका निर्देशक छविरेस्मी मगरले बताए । अहिलेसम्म एघारौं महोत्सव सम्पन्न भईसकेको र सोही महोत्सवका अनुभवहरुलाई आत्मसात गर्दै लुम्बिनी प्रदेशकै सर्वोत्कृष्ट महोत्सव बनाउने उनले दाबी गरे । पहिलेका महोत्सवभन्दा अहिलेको महोत्सवमा दर्शकहरुले ऐतिहासिक प्रवेशद्धार, शिवको मूर्ति, हिमाल, बुद्धको मूर्ति लगायत कृषिका स्टलहरुसंगै राष्ट्रिय स्तरका कलाकार तथा कपिलवस्तु डान्स आईडल रहेने उनले बताए । संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेलले महोत्सवलाई भव्य रुपमा सफल बनाउन यस क्षेत्रका सम्पूर्ण सरोकारवालालाई आग्रह गर्नुभएको छ ।
वैठकमा संघका पदाधिकारी तथा सदस्यहरुले आआफ्नो धारणा रहेका संघ महासचिव मनोज पौडेलले बताए ।कपिलवस्तु उद्योग बाणिज्य संघको आकस्मिक बैठकले कोरोनाको बढ्दो प्रभावको कारण महोत्सव स्थगित गर्ने निर्णय गरेको थियो । कपिलवस्तु उद्योग बाणिज्य संघले बाणगंगाको बुद्ध रंगशाला जितपुरमा महोत्सव आयोजना गर्ने तयारी गरेको हो । महोत्सवको तयारी अब थप तीब्र रुपमा अघि बढाईने संघका अध्यक्ष डोलकराम घिमिरेले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *