ताैलिहवा- हुलाकी बाटो बिस्तारको क्रममा तौलिहवा स्थित प्रशासन चोक नजिकै रहेको बिक्रम संम्बत २०१४ साल निर्मित महेन्द्र गेट भत्काइएको बेला तौलिहवाको भिक्षु चोकमा नमुना चौमु्खे गेट निर्माण हुने भएको छ ।
चार कुनामा चार वटा पिलर भएको सेमी सरकुलर मोडेलको गेट निर्माण हुने भएको हो । करिब ८३ लाख लागतको नुमना गेटको निर्माणकालागि एमके मंगलदीप जेभी काठमाण्डौसंग निर्माणकालागि संझौता भई सकेको मेयर किरण सिंहले बताए । हुलाकी बाटो निर्माणका क्रममा ऐतिहासिक महेन्द्रगेट भत्काउने कुरा थाहा पाए पछि आफुले २ बर्ष देखि नै भिक्षुचोकमा नमुना गेट निर्माणका लागि प्रकृया थालेको उनले बताए । गेटको उचाई साढे ४ मिटर देखि ९ मिटर सम्म हुने नगरपालिकाका ईन्जीनीयर राजेश शैनीले बताए । डिजाई बुल्ड मेथडमा गेटको भित्र भित्र स्पाम साढे २८ मिटरको हुनेछ । गेटमा दिशा र ठाउ देखाउने एलआइडी प्यानल समेत हुनेछ । चारै तिर कम्योजीट प्यानल र ट्रस्टको कम्पोजिशनमा गेट निर्माण हुने ईन्जीनीयर सैनीले बताए ।

गेट २०७९ साउन ९ गते निर्माण संपन्न हुने योजना छ । वडा नम्बर १ का अध्यक्ष सुदीप र्पाडेलले नमुना गेट निर्मााण भए पछि तौलिहवा बजारको समते चिनारी फेरिने बताए । ‘चौमुखे नमुना गेटछ निर्माणले बुद्धनगरी तौलिहवा बजारको मुहार र चिनारी समेत फेरिेनछ’ उनले भने । यस्तै नगरपालिकाका सामाजिक विकास संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरले सुन्दर र नमुना गेटले तौलिहवा बजारको शान र सुन्दरता थप्ने बताए । ‘निर्माण हुने गेट अब तौलिहवा बजार कै शानको रुपमा रहनेछ’ उनले भने । ठेकेदार कम्पनीलाई समय मै काम संपन्न गर्न कडा निर्देशन दिइएको मेयर सिंहले बताए ।
Related