खोजि गर्नुहोस..

चोलेन्द्रशमशेर जबराविरुद्धको महअभियोग प्रस्ताव अलपत्र पर्दैन : कानुनमन्त्री बडु

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महअभियोग प्रस्ताव अलपत्र नपर्ने बताएका छन् । बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारसँग कुरा गर्दै उनले प्रतिनिधिसभाको अबको बैठकले महाअभियोग प्रस्तावलाई सिफारिस समितिमा पठाउने दावी गरे । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले गत फागुन १ गते प्रधानन्यायाधीश जबराविरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । सो प्रस्ताव दर्ता भएपछि प्रधानन्यायाधीश जबरा हाल निलम्बित अवस्थामा छन् ।

बुधबार संसद भवनमा कानुनमन्त्री बडुलाई पत्रकारहरुले महाअभियोग प्रस्ताव अलपत्र परेको हो भनी प्रश्न गरेका थिए । जवाफमा उनले भने, ‘अलपत्र कहाँ पर्छ, पर्दैन । यसले आफ्नो स्वाभाविक कोर्स लिन्छ’ उनले भने । महाअभियोग प्रस्तावबारे राजनीतिक दलहरुसँग छलफल भइरहेको र सबैको सल्लाह अनुसार आउने बैठकबाट महाअभियोग सिफारिस समितिमा पठाउने तयारी भएको मन्त्री बडुको भनाइ छ । ‘सबैसँग सल्लाह भइरहेको छ, आउने बैठकबाट प्रक्रिया अघि बढ्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *