खोजि गर्नुहोस..

दाङमा छुट्टाछुट्टै ठाउँमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

दाङ । दाङमा छुट्टाछुट्टै ठाउँमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । घोराही-धारापानी सडकखण्डमा मंगलबार मोटरसाइकलको ठक्करबाट घोराही-१५ का १८ वर्षीय अजय चौधरीको मृत्यु भएको हो । घोराही उपमहानगरपालिका-१७ कर्जाहीमा अटो चढ्ने क्रममा मोटरसाइकले ठक्कर दिंदा गम्भीर घाइते भएकी चौधरीलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । त्यस्तै गढवा गाउँपालिका -२ महादेवा पुल नजिकै कार र मोटरसाइकल एकआपसमा ठोकिंदा एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राप्ती गाउँपालिका ७ आनन्दपुर बस्ने मोटरसाइकलमा सवार सिमासर चौधरीकी छोरी १० वर्षीया सन्ध्या चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । गम्भीर घाइते भएकी बालिकाका लमही अस्पतालमा उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको हो । यस्तै कार र मोटरसाइकल ठोक्किंदा तीन जना घाइते भएका छन् । गोबरडियाबाट सिसहनियातर्फ जाँदै गरेको लु२च ७६८२ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको रा४प ३४६१ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिंएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *