खोजि गर्नुहोस..

महाशिवरात्रीको अवसरमा तौलेश्वरनाथको दर्शन गर्न आउने भक्तजनहरुको बिहानै देखी घुइँचो

आस्थाको प्रतिक मानिने कपिलवस्तुको सदरमुकाम स्थित तौलेश्वरनाथ शिवालय मन्दिरमा पनि विहानै देखि दर्शन गर्न आउने भक्तजनहरुको बाक्लो भिडभाड रहेको छ । त्यस्तै एसियाकै सबै भन्दा ठूलो शिवलिङ्गको रुपमा मानिने कपिलवस्तुको सदरमुकाम स्थित तौलेश्वरनाथ शिवालय मन्दिरमा पनि विहानै देखि भक्तजनहरुको बाक्लो रुपमा भिडभाड रहेको छ । यस शिवालयमा शुद्ध मनले मागेको मनोकामना पुराहुने श्रद्धालुहरुको विश्वास रहि आएको छ ।

आज महाशिवरात्री भगवान शिवको अति प्यारो दिनको रुपमा मानिन्छ । साथै हिन्दु धर्मालम्वीहरुको लागि महत्त्वपूर्ण रहेको छ ।आज संसार भर रहेका शिवालयहरुमा भक्तजनहरुको भिडभाड रहेको छ । साउने सोमवार  होस या बोलवम कावर यात्रा सधै जसो भक्तजको जमघट भै रहने यस शिवालयमा जिल्ला भित्रका भक्तजन मात्र नभई नेपालका विभिन्न ठाउँ साथै भारतबाट पनि दर्शनार्थीहरु आउने गरेका छन् । आजको दिन स्नान गरी शुद्ध मनले ब्रत बसी भगवान शिवको प्रिय वस्तु दूध,धतुरो,बेलपत्र पत्र चडाई पूजाआरधना गरी ऊँ नम शिवाय जाप गरेमा सर्वशिद्धि लाभभई यालोक जानु नपर्ने, धार्मिक विश्वास रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *