खोजि गर्नुहोस..

सभामुख हटाउने नचिताए हुन्छ माधव नेपालको चुनौती

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सभामुख अग्निप्रसाद सापकोटालाई हटाउने नचिताउन भनेका छन् । उनले आज पार्टीको पत्रकार सम्मेलनमा बोल्दै सभामुख हटाउन ओली लागेको भन्दै त्यो कुनै हालतमा सफल हुन नदिने बताए ।

‘केपी ओलीले सभामुख हटाउने नचिताए हुन्छ,’ नेता नेपालले पत्रकारको प्रश्नमा भने,‘सभामुखमाथि केपी ओलीले धारे हात लगाउने ?’ उनले पटक पटक ओलीको नाम उच्चारण गर्दै असभ्य समेत भने । उनले भने,‘सदनको गरिमा राख्ने सभामुखलाई अपमानपूर्ण व्यवहार गर्ने । यो अभ्य अनसिभिलाइज्ड शैली हो । ’ओलीले एमसीसीमा सभामुख हटाउने देखि आफूसहित १४ सांसदलाई पदमुक्त गर्ने जस्ता अनुचित सर्त राखेको समेत बताए । एमसीसीको व्याख्यात्मक विषयमा आफूले नै भूमिका खेलेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *