खोजि गर्नुहोस..

एमसीसी संसदबाट पारित भएको अवस्थामा अब यसलाई कार्यान्वयन गर्नुपर्ने : एमाले

काठमाण्डाै । नेकपा एमालेले अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट पारित भएको अवस्थामा अब यसलाई कार्यान्वयन गर्नुपर्ने बताएको छ । आज मङ्गलवार पत्रकार सम्मेलन गरेर एमालेले संसदबाट पास भइसकेको अवस्थामा अब एमसीसीलाई देश हित हुने गरी कार्यान्वयन गर्नुपर्ने बताएको हो ।

अध्यक्ष केपी शर्मा ओलीले निकाल्नुभएकाे विज्ञप्तिमा भनिएको छ, ‘एमसीसीसम्बन्धी परियोजना संसदबाट अनुमोदन भइसकेको छ, अब राष्ट्रको हित प्रतिकूल नहुने गरी यसको कार्यान्वयन हुनुपर्छ, पारित भइसकेको परियोजनाका बारेमा राष्ट्रको जनमतलाई थप विभाजित गर्नु हानिकारक छ ।’

नेकपा एमालेले अमेरिकी सहायता परियोजना एमसीसीको बारेमा नेकपा एमालेलाई संसदमा छलफल गर्ने मौका नै नदिइएको आरोप पनि लगाएको छ । राष्ट्रिय महत्त्वको एमसीसी जस्तो विषयमा संसदमा एमालेलाई पाखा लगाएर सत्ता गठबन्धनले आफ्नो स्वार्थ मात्रै हेरेको एमालेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *