ताैलिहवा । कपिलवस्तु नगरपालिका वडा नम्बर १० को नव निर्मित वडा कार्यालय भवनको उदघाटन गरिएको छ । वार्ड १० स्थित तेनुवामा मेयर किरण सिंहले पानसमा दिप बाली र शिला लेखको ब्यानर उघारेर भवनको उदघाटन गरेका हुन । सो अवसरमा मेयर सिंहले अब नगरपालिकाको सबै १२ वटै वडा कार्यालयको आफनै भवन भएको बताए । उनले वडा नम्बर २, ३, ४ मा समेत नया भवन बनेको र बाँकी वडामा भवन मर्मत गरी वडा कार्यालय संचालन हुदै आएको बताए । उनले वडा कार्यालयलाई पुर्वाधार र प्रबिधि मैत्री बनाउन नगरपालिकाले हर तरहले कोशिश गरेको बताए । आफनै भवनमा वडा कार्यालय संचानल भए पछि वडाबासीले राम्रो सेवा पाउने उनले बताए ।
तपेश्वरी निर्माण कम्पनीले ९९ लाखमा सो भवन निर्माण गरेको वडाध्यक्ष मोहनलाल शर्माले बताए । कार्यक्रममा वडा भित्रका शिक्षा, स्वास्थ्य, सामाजिक क्षेत्र लगायतका बिभिन्न क्षेत्रमा काम गर्ने १ सय ५ जनालाई कदर पत्रले सम्मानित गरिएको थियो ।
सम्मान पत्र लिदै दिदै
सो अवसरमा मेयर सिंह र नगरपालिकाका बरिष्ठ सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठलाई समेत वडाध्यक्ष शर्माले सम्मानित गरेका थिए । वडालाई बालमैत्री वडा घोषणा गर्न योगदान दिनेहरुलाई समते सम्मानित गरिएको थियो । सो अवसरमा ५ बर्ष बित्न लागको कार्यकालमा वडाको आफनै भवन निर्माण भई उदघाटन समेत गरिएकोमा वडाध्यक्ष शर्माले खुशी ब्यक्त गरे । उनले आफुले वडाबासीलाई आफनो बलबुताले भ्याए सम्म सेवा दिएको दाबी गरे । वडाध्यक्ष शर्माको अध्यक्षता र बरिष्ठ सामाजिक विकास अधिकृत श्रेष्ठको संचालनमा भएको कार्यक्रममा नगरपालिकाका शिक्षा सल्लाहकार कनकमान श्रेष्ठ, पुर्व निग्लीहवा गाबिस उपाध्यक्ष अब्दुल सत्तार खाँ, कनकमुनी उमाबिका प्राचार्य अफाक अहमद खाँ लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
कार्यक्रममा स्थानीय थारु महिलाहरुको नित्य समेत प्रस्तुत गरिएको थियो ।
Related