खोजि गर्नुहोस..

राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनबाट अलग

काठमाण्डाै । राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको छ । आज साेमवार बसेको राष्ट्रिय जनमोर्चाको केन्द्रीय सचिवालयको बैठकले अमेरिकी सहायता परियोजना एमसीसी जबरजस्ती अनुमोदन गरिएको भन्दै गठबन्धन छाड्ने निर्णय गरेको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिगमनका विरुद्ध जनमोर्चाले पाँच दलीय गठबन्धनको निर्माण र त्यसको निरन्तरतामा जोड दिँदै आए पनि अहिले सरकारले नेपालको स्वाधीनता र सुरक्षाको विरुद्धमा रहेको एमसीसी अनुमोदन गरेकाले गठबन्धनबाट बाहिरिएको जनाएको छ ।

नेपाली नागरिक सडकमा आएकाे अवस्थामा जलझेल गरेर ध्वनि मतको आधारमा एमसीसी पारित गरेको आरोप लगाउँदै जनमोर्चाले तानाशाही तथा निरङ्कुश प्रवृत्तिको विरोध तथा भण्डाफोर गर्ने जनाएको छ । यस्तै एमसीसीविरुद्धको सङ्घर्षलाई अगाडि बढाउन दलको स्वतन्त्र पहलकदमीमा फागुन १९ देखि २२ गतेसम्म देशव्यापी, जिल्ला तथा स्थानीयस्तरका विरोध सभाहरू गर्ने जनमोर्चाले निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *