खोजि गर्नुहोस..

ईमिलियामा नागरिक आरोग्य सेवा केन्द्र संचालन

कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर ९ ईमिलियामा नागरिक आरोग्य सेवा केन्द्र संचालन गरिएको छ । कपिलवस्तु आयुर्बेद स्वास्थ्य केन्द्रको प्राबिधिक सहयोमगमा नगरपालिकाले सेवा केन्द्र संचालनमा ल्याएको हो । नगर प्रमुख केवश कुमार श्रेष्ठले उदघाटन गरी केन्द्र संचालन गरिएको हो ।
सो अवसरमा प्रमुख श्रेष्ठले नगरपालिकाको नीति अनुसार नै केन्द्र संचालन गरिएको बताए । उनले गत बर्ष नै केन्द्र संचालनमा ल्याउन खोजे पनि प्राबिधिक कारणले नसकेको भन्दै यस बर्ष देखि संचालन भएकोमा खुशी ब्यक्त गरे । उनले अब नगरबासीहरुले आयुर्बेद प्रणालीबाट उपचारको सेवा पाउने उनले बताए । सो अवसरमा कपिलवस्तु आयुर्बेद स्वास्थय केन्द्रका प्रमुख डाक्टर प्रबेश श्रीवास्तवले सरकारको एक नगरपालिका एक आयुर्बेद केन्द्र संचालन गर्ने नीति अनुरुप नै यो केन्द्र संचालनमा लयाइएको बताए । उनले केन्द्रमा हप्ताको ३ दिन उपचार र औषधी बितरण बाकी रहेका दिनमा नगरक्षेत्र भित्र योग शिबिर लगातयका जनचेतना मुलक कार्यक्रम गरिने बताए । मेयर श्रेष्ठको अध्यक्षता, राजन कुमार पोख्रेलको संचालनमा भएको कार्यक्रममा एमालेका नगर अध्यक्ष देबीराम बेल्बासे, कांग्रेसका नगर अध्यक्ष माधव दमासे लगातयले शुभकामना मन्तब्य दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *