खोजि गर्नुहोस..

व्याख्यात्मक घोषणापछि एमसीसीबारे आएका प्रश्नको जवाफ दिने : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले मन्त्रिपरिषदले ल्याउने व्याख्यात्मक घोषणाले अमेरिकी सहयोग परियोजना एमसिसीबारे उठेका सबै प्रश्नको जवाफ दिने बताएका छन्। आइतबारको प्रतिनिधि सभा बैठकमा एमसिसी सम्झौताबारे भएको सामान्य छलफलका क्रममा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै शर्माले अहिलेको सरकारले राष्ट्रहित विपरित कुनै सम्झौता नगर्ने बताए।

उनले एमसिसीबारे  सडकदेखि सदनसम्म उठेका सबै प्रश्नको जवाफ व्याख्यात्मक घोषणाले समेट्ने उल्लेख गरे। एमसिसीको व्याख्यात्मक घोषणाबारे निर्णय गर्न मन्त्रिपरिषद बैठक बस्दैछ। आजै बस्ने प्रतिनिधि सभाको अर्को बैठकले एमसिसी पारित गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *