खोजि गर्नुहोस..

विगतमा मन्त्रिपरिषदमाा बसेर एमसीसीबारे निर्णयहरु गरेर अहिले जनतालाई उचालेको : गगन थापालको नेताहरुलाई आरोप

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेताहरुको नामै लिएर विगतमा मन्त्रिपरिषदमाा बसेर एमसीसीबारे निर्णयहरु गरेर अहिले जनतालाई उचालेको आरोप लगाएका छ्न । नेताहरुकै नामै लिएर एमसीसीबारे जनतासँग झुट बोलेको आरोप लगाएका छन् ।   एमसीसी अगाडि बढाउँदा १० वटा मन्त्रिमण्डल बनिसकेको उल्लेख गर्दै कतिपय नेताहरुले भ्रम फैलाउन झूट बोलिरहेको आरोप लगाएका हुन् ।‘जनतासँग कति झूट बोल्ने ?’ प्रतिनिधि सभाको बैठकमा एमसीसीबारेको छलफलमा बोल्दै थापाले भने,‘एमसीसी अगाडि बढाउँदा विभिन्न मन्त्रिमण्डलले निर्णय गर्दा यहाँ विरोधनमा बोल्नुभएका कतिपय माननीयहरु प्रधानमन्त्री र मन्त्री हुनुहुन्थ्यो ।’

थापाले पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वमन्त्री गिरिराजमणि पोखरेल देखि पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीको नामै लिएर एमसीसीमा झूट नबोल्न भने । निकै कडा रुपमा प्रस्तुत भएका थापाले एमसीसी अनुमोदन गर्न संकल्पसहित बढ्न आग्रह गरे । थापाले भारत, चीन, अमेरिकालगायत देशहरुसँग सहयोग जतिसक्दो बढी लिनसक्नुपर्ने बताए । जनतालाई आश्वस्त पार्नुपर्नेमा उनले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *