खोजि गर्नुहोस..

मानवअधिकार एलाइन्सले युक्रेनमा आक्रमण बन्द गर्न रुसलाई आग्रह

मानवअधिकार एलाइन्सले युक्रेनमा आक्रमण बन्द गर्न रुसलाई आग्रह गरेको छ । लोकतन्त्र र मानवअधिकार विरुद्ध हुन जाने भन्दै एलाइन्सले रुसलाई आक्रमण रोक्न र संवादमार्फत् शान्तिपूर्ण समाधान खोज्न विश्व समुदायलाई आग्रह गरेको हो । अध्यक्ष मिनबहादुर शाहीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘मानवअधिकार एलाइन्स रसियाका राष्ट्रपति पुटिनसमक्ष युक्रेनमाथिको आक्रमण रोक्न माग गर्दछ र संवादमार्फत विवादको शान्तिपूर्ण समाधान खोज्न विश्व समुदायलाई अपिल गर्दछ ।’

कुनै पनि देशको सार्वभौमसत्तामाथि धावा बोलिनु लोकतन्त्र र मानवअधिकार विरुद्ध हुने एलाइन्सले जनाएको छ । साथै कुनै पनि सार्वभौम मलुकलाई छिन्नभिन्न बनाउन र देश नै नियन्त्रणमा लिन उद्दत रहनु संयुक्त राष्ट्रसंघको वडापत्र विपरीत हुनेतर्फ पनि एलाइन्सले स्मरण गराएको छ । ‘युद्धका नाममा निहत्था नागरिकले ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य गर्न र विश्वशान्ति कायम गर्ने तर्फ संवेदनशील हुन मानवअधिकार एलाइन्स आग्रह गर्दछ,’ विज्ञप्तिमा लेखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *