रुसी सैनिकहरू युक्रेनको राजधानी किएभमा पुगेकाछ्न । किएभ र आसपासमा कैयौँ विस्फोटन भएको विवरण आएको छ ।युक्रेनी अधिकारीहरूले स्थानीय बासिन्दालाई प्रतिकार गर्न प्रोत्साहित गरेका छन् भने अरूलाई सुरक्षित स्थानमा बस्न सुझाव दिएका छन् । युक्रेनको रक्षा मन्त्रालयले ट्विटरमा “शत्रु” ओबोलोन क्षेत्र आइपुगेको जनाएको छ ।
रुसी फौज अगाडि बढिरहँदा युक्रेनी राजधानी किएभमा गोली हानाहानका आवाज सुनिएका थुप्रै विवरणहरू आइरहेका छन्। किएभ र आसपासमा कैयौँ ठूलाठूला विस्फोटनको आवाज सुनिएको बिबिसिले लेखेको छ।
Related