खोजि गर्नुहोस..

झापामा आगलागिमा परी २ जना घाईते

काठमाण्डाै ।  झापाको शिवसताक्षी नगरपालिका–१० मा आगलागी हुँदा दुई जना घाइते भएका छन् । शिवसताक्षी नगरपालिका–१० दोमुखामा दोमुखा पर्यटन बोर्डले बनाएको भवनमा गएराति आगलागी हुँदा ४३ वर्षकी बालिका भण्डारी र उहाँकी छोरी १४ अस्मिता भण्डारी जलेर घाइते भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइतेको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । बिजुली सर्ट भएर आगो लागेको र क्षतिको थप विवरण सङ्कलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *