खोजि गर्नुहोस..

भ्रष्टाचारविरुद्ध सरकार कठोर कदम चाल्न तयार रहेको प्रधानमन्त्री सुशीला कार्की

काठमान्डैा ।  भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार उन्मूलनका लागि सरकार जुनसुकै हदसम्म कठोर कदम चाल्न पनि तयार रहेको स्पष्ट गरेकी छन्।

सिंहदरबारमा  आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुसासनको अभियानलाई रोक्ने कुनै पनि शक्ति अघि नझुक्ने दृढता व्यक्त गरिन्। यो सरकार चुनावी सरकार मात्र नभइ भष्ट्राचार सुशासनको माग सहित भएको जेन्जी अन्दोलनबाट निर्माण भएको सरकार भएको स्मरण गराइकी छन् । प्रधानमन्त्री कार्कीका अनुसार सरकारले भ्रष्टाचार नियन्त्रणका लागि राज्यका सबै संयन्त्रलाई सक्रिय बनाइसकेको छ। उनले भनिन्,
जेनजीका माग र अपेक्षा बमोजिमका आशातीत उपलब्धि हासिल हुन समय लाग्ला, तर भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि हट्ने छैन।”

उनका अनुसार हालै भइरहेका केही प्रत्यक्ष वा परोक्ष धम्कीहरूले सरकारलाई विचलित गर्न सक्दैनन्। यस दिशामा चालिएका कदमबाट अत्तालिएर कतिपय तत्त्वले धम्क्याए पनि हामी डराउँदैनौँ,” प्रधानमन्त्री कार्कीको भनाइ छ।

साथै, उनले सम्बन्धित निकायका पदाधिकारी र राष्ट्रसेवकहरूलाई पनि कुनै दबाबमा नपरी व्यावसायिक स्वतन्त्रता प्रयोग गर्दै निर्धक्क रूपमा अगाडि बढ्न आग्रह गरिन्।

प्रधानमन्त्री कार्कीले आफू नेतृत्वमा रहेको यो सरकार केवल चुनावी कारणबाट बनेको नभई सुसासन र पारदर्शिताको मागसहित भएको ‘जेनेजी आन्दोलन’ को जगमा निर्माण भएको पनि स्मरण गराइन्। युवापुस्ताले उठाएको परिवर्तन र भ्रष्टाचारविरुद्धको आवाजलाई सरकार प्राथमिकताका साथ अघि बढाइरहेको उनको भनाइ थियो।

उनका अनुसार जेनेजी आन्दोलनले उठाएको संरचनात्मक सुधार र सुशासनका अपेक्षा तत्काल पूरा हुन कठिन भए पनि सरकारले कदम दरकदम कठोर नीति लागू गर्दै जाने बताइन्।

भ्रष्टाचारविरुद्ध सरकारले कडा कदम चाल्ने घोषणा गरेपछि अब जनताले यसको व्यवहारिक कार्यान्वयनलाई नजिकैबाट हेरिरहेको टिप्पणी विश्लेषकहरूले गरिरहेका छन्। सरकारको कडा प्रतिबद्धता र राज्य संयन्त्रको सक्रियताले भ्रष्टाचारविरोधी अभियान नयाँ चरणमा पुगेको आँकलन गरिएको छ।
भिडियो ।

कृपया हाम्रो युवटुव च्यानलाइ सस्क्राइब गर्न नभुल्नु होला । यदी तपाइ हामीलाइ फेसबुक र टिकटक बाट हेर्दै हुनु हुन्छ भने कृपया फ्लो गर्नु होला ।

 

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *