ताैलिहवा । कपिलवस्तुको तौलीहवामा नेपाली कांग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री विश्वेश्वर प्रसाद (बीपी) कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा उहाँको शालिकको शिलान्यास गरिएको छ।

तौलीहवा बजारस्थित कृषि विकास महिता रोडको छेउमा रहेको कृषि विकास कार्यालयको अगाडी शालिक निर्माणको प्रक्रिया सुरु गरिएको हो।
शिलान्यास समारोहका प्रमुख अतिथि तथा प्रतिनिधिसभाका सदस्य एवं पूर्वमन्त्री सुरेन्द्रराज आचार्यले बीपी कोइरालाको शालिकको शिलान्यास गर्दै लोकतन्त्र र समाजवादप्रतिको उहाँको प्रतिबद्धता आज पनि मार्गदर्शक रहेको बताउनुभयो।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला नेताहरू, स्थानीय तहका जनप्रतिनिधि, पार्टी कार्यकर्ता तथा सर्वसाधारणको उत्साहजनक उपस्थिति रहेको थियो।
बीपी कोइरालाको जीवनदर्शन, राजनीतिक योगदान र विचारधारालाई नयाँ पुस्तासमक्ष उजागर गर्न शालिक महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्दै नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सभापति अब्दुल कलामले यो पहल ऐतिहासिक हुने बताउनुभयो।
कार्य्रकममा नेपाली कांग्रेसका नेता पुर्ब केन्द्रिय सदस्य अतहर कमाल, पुर्ब पार्टी सभापती एंव प्रदेश सभा सदस्य सुधाकर पाण्डेय, पुर्व पार्टी सभापती एवं पुर्व मन्त्री कमलेश शर्मा, पुर्व पार्टी सभापती राजेश आचार्य, पुर्व प्रदेश सभा सदस्य एवं पुर्व मन्त्री सहस राम यादव लगायतका वक्ताहरूले बीपी कोइरालाको योगदानको स्मरण गर्दै उहाँले देखाएको लोकतान्त्रिक मार्गदर्शनलाई आजको परिवेशमा अझ सशक्त रूपमा आत्मसात् गर्नुपर्ने आवश्यकता औंल्याउनु भएको थियो।