२५ जेठ, काठमाडौं । भारतको राजधानीस्थित नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले विद्युतीय राहदानी वितरण सुरू गरेको छ । अन्य विभिन्न मुलुकमा रहेका नियोगबाट विद्युतीय राहदानी वितरण सुरू गरिसकेको अवस्थामा दिल्लीस्थित नेपाली दूतावासले पनि यो सेवा सुरू गरेको हो ।दूतावासले सूचनामार्फत सेवा सुरू गरेको जानकारी दिँदै भौतिक रूपमा उपस्थित भएर तथा अनलाइन फारम भरेर विद्युतीय राहदानी लिन सकिने जनाएको छ ।पुरानो राहदानी बाहक नेपाली नागरिकले नयाँ राहदानी बनाउन नागरिकताको प्रमाणपत्रको प्रतिलिपिसहित राजदूतावासमा उपस्थित भएर वा ईमेल तथा ह्वाट्सएप नम्बरमा निवेदन दिनुपर्ने छ ।
त्यसपछि दूतावासले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्रमाणपत्र परिचयपत्रको आधिकारिकता बुझेर सूचित गरेपछि आवेदकले अनलाइनबाट फारम भर्नुपर्ने दूतावासले जानकारी दिएको छ । त्यसपछि आवेदकले तोकिएको मिति र समयमा दूतावासमा उपस्थित भएर प्रत्यक्ष फोटो तथा बायोमेट्रिक डाटा दिनुपर्ने छ ।पुरानो राहदानी बाहक नेपाली नागरिकले नयाँ राहदानी बनाउन नागरिकताको प्रमाणपत्रको प्रतिलिपिसहित राजदूतावासमा उपस्थित भएर वा ईमेल तथा ह्वाट्सएप नम्बरमा निवेदन दिनुपर्ने छ ।
त्यसपछि दूतावासले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्रमाणपत्र परिचयपत्रको आधिकारिकता बुझेर सूचित गरेपछि आवेदकले अनलाइनबाट फारम भर्नुपर्ने दूतावासले जानकारी दिएको छ । त्यसपछि आवेदकले तोकिएको मिति र समयमा दूतावासमा उपस्थित भएर प्रत्यक्ष फोटो तथा बायोमेट्रिक डाटा दिनुपर्ने छ ।