कपिलवस्तु प्रहरीले जिल्लामा लागु औषध दुव्र्यसन नियन्त्रण सम्बन्धी बिद्यालय सम्पर्क कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम अन्र्तगत प्रहरीको टोली सचेतना प्रवाहका लागि जिल्लाभर खटिएको छ । गृह मन्त्रलायको परिपत्र अनुसार जुन २६ तारिखका दिन मनाईने लागु औषध दुरुपयोग तथा अबैध ओसारपसार सम्बन्धि अन्तरराष्ट्रिय दिवस प्रभावकारी बनाउन जिल्लामा तिन महिने कार्ययोजना निर्माण गरि कार्यान्वयन गरिदै छ । सोहि कार्ययोजना कार्यान्वयनका क्रममा समुदाय प्रहरी साझेदारी अन्र्तगत जिल्लाको यशोधरा गाउँपालिका वडा नम्बर ५ बैदौली स्थित श्री अनिरुद्ध पब्लिक माध्यमिक बिद्यालयका कक्षा ११ र १२ का बिद्यार्थीहरुलाई लागु औषध बिरुद्ध सचेतना प्रवाह गरिएको छ । बिद्यालयका ७० बिद्यार्थीलाई प्रहरी चौकी मर्यादपुरका प्रहरी वरिष्ठ नायब निरिक्षक नारायण शर्माले बिद्यार्थीलाई लागु औषधको दुव्र्यसन नियन्त्रण बारे अभिमुखीकरण गरेका थिए । सो अवसरमा लागु पदार्थ, लागु औषधको दुव्र्यसन, दुव्र्यसनमा परेका व्यक्ति पहिचान तथा तिनमा देखिने प्रभाव, ओसारपसार र प्रयोग गर्ने व्यक्तिलाई हुने सजाय र रोकथामका उपाय बारे बिद्यार्थीलाई सचेतना प्रवाह गरिएको थियो । कार्ययोजना कार्यान्वयनका सन्दर्भमा जिल्लाभरका बिद्यालयहरुमा मातहतका प्रहरी युनिटहरुबाट बिद्यालय सम्पर्क कार्यक्रम र समाजिक संलग्नताको कार्यक्रम सञ्चालन गरिएको कपिलवस्तुका जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक मोहनमणी अधिकारीले जानकारी दिए । जिल्लामा शुरु भएको कार्ययोजना अन्र्तगतका कार्यक्रमहरु लागु औषध दुरुपयोग तथा अबैध ओसारपसार सम्बन्धि अन्तरराष्ट्रिय दिवश सम्म सञ्चालनमा रहने छन ।
समाचार सगै तस्बिर पनि छ ।