खोजि गर्नुहोस..

नारायण सहकारीको बचत कार्यालय सञ्चालन

कपिलवस्तु।
कपिलवस्तु नगरपालिका वडा नम्बर ४ स्थित श्री नारायण कृषी सहकारी संस्था लिमिटेडले बचत तथा ऋण कार्यालय सञ्चालनमा ल्याएको छ । २०६७ असोज २५ गते डिभिजन सहकारी कार्यालय कपिलवस्तुमा दर्ता भएको सहकारीको कार्यालयको लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले रिबन काटेर उदघाटन गरे । ३४ जना सदस्य रहेको सहकारीले हाल सम्म स्थानिय कृषकको लागि मलखाद बितरणको कार्य गर्दैै आएकोमा अब बचत संकलन गरि ऋण परिचालनको उद्धेश्यले कार्यालय सञ्चालन गरिएको सहकारीका व्यवस्थापक जमुना प्रसाद साहले जानकारी दिए । सानो तिनो बचत संकलनका लागि टाढाका बैङ्क तथा बित्तिय संस्थामा पुग्न नसक्ने स्थानियका लागि गाउँघरमै कार्यालय सञ्चालनले बचत संकलन र समुदायमा लगानीमा सहयोग पुग्ने लुम्बिनी प्रदेशसभाका सदस्य सुधाकर पाण्डेयले बताए । आर्थिक अवस्था कमजोर भएका वर्गले बचतमा ध्यान दिने र आयआर्जन गतिबिधीमा लाग्ने पाण्डेयको भनाई थियो । कृषी कर्मलाई व्यवस्थित बनाउनका लागी बचत र ऋण परिचालनमा कार्यालय सञ्चालनले सहयोग पुग्ने नेपाली काँग्रेस कपिलवस्तु नगरपालिका सभापति खुर्सेद अहमद खाँले बताए । बचत संकलनका लागी सञ्चालनमा आउने कार्यालयले साना कृषकलाई आयमुलक गतिबिधीका लागि प्रोत्साहन गर्ने कपिलवस्तु नगरपालिका वडा नम्बर ४ का अध्यक्ष रावेन्द्र प्रसाद तिवारीले बताए । वडा भित्र मात्रै कार्य क्षेत्र तोकिएको सहकारीको कार्यालय सञ्चालन सगै बचत तथा ऋणको सदुपयोगमा सहयोग पुग्ने कार्यवाहक अध्यक्ष गुलाबपति बढई र कोषाध्यक्ष बलराम तेलीको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?