खोजि गर्नुहोस..

गभर्नर अधिकारीमाथि गरिएको निलम्बन सकारात्मक : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि गरिएको निलम्बनबारे बोलेका छन्। सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा देउवाले गभर्नर अधिकारीमाथि गरिएको निलम्बन सकारात्मक भएको बताए।

कांग्रेस महामन्त्री गगनकुमार थापासहितले गभर्नरमाथिको कारबाहीबारे राखेकाे जिज्ञासामा प्रधानमन्त्री देउवाले अर्थमन्त्रीको बचाउ गरेको देखिएको हो। तत्कालीन केपी शर्मा ओली सरकारले गभर्नर अधिकारीलाई नियुक्त गरेका थिए। सरकारले गत शुक्रबार गभर्नर अधिकारीमाथि विभिन्न आरोप लगाउँदै जाँचबुझ गर्न समिति गठन गरेसँगै उनी स्वतः निलम्बनमा परेका थिए। सरकारले गभर्नर अधिकारीमाथि विलासी वस्तु आयात रोक्नेलगायत नीतिगत निर्णय गर्नुअघि सूचना चुहाएको, बैंकिङ प्रणालीमा हानिनोक्सानी पुर्‍याएको,खराब आचरण गरेकोजस्ता आरोप लगाएको छ। अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर अधिकारीबीच सुरुदेखि नै मतभेद भएको थियो । प्रस्तुत नागरिक न्युज साभार

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *