खोजि गर्नुहोस..

कांग्रेसलाई नेविसङ्घकाे प्रश्न : युवा उमेर कि विचार ?

काठमाण्डाै । नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले विधानको पूर्ण कार्यान्वयन गर्नुपर्ने लगायतका माग पूरा गर्न पार्टी नेतृत्वलाई दबाब दिन सुरु गरेको छ ।  आज आइतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा नेविसङ्घ सङ्घर्ष समितिले नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई नेविसङ्घको विधानसम्मत १२ औँ महाधिवेशन सुनिश्चित गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाउँदै नेविसङ्घका पूर्व केन्द्रीय सदस्य अनिल खनालले भविष्यमा बलियो पार्टी निर्माणका लागि आजको बलियो नेविसङ्घ निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले नेपाली कांग्रेसको सिद्धान्तअनुसार सबै उमेर समूहका विद्यार्थी नेताहरूको व्यवस्थापन नै अहिलेको आवश्यक्ता भएको बताउँदै नेविसङ्घको विधानको पूर्ण कार्यान्वयन गराउन, सबै उमेरका विद्यार्थीको प्रतिनिधित्व हुने गरी विधानअनुसार तदर्थ समिति गठन गर्न माग गर्नुभयो । प्रदर्शनमा उनीहरूले युवा उमेर कि विचार ?, के पार्टीले अनशन खाेजेकै हाे ?, तदर्थ समिति यताशीघ्र गठन गर लगायत लेखिएका प्ले कार्डसहित प्रदर्शन गरेका थिए ।

त्यस्तै नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सङ्घर्ष समितिले बुझाएको ज्ञापनपत्रको बारेमा पार्टी सभापतिलाई जानकारी गराउने प्रतिबद्धता जनाउनुभयो । उहाँले पार्टी सभापतिले गरेको निर्णयलाई सबै जिल्लाका पार्टी निकट भातृ सङ्गठनले स्वीकार्ने दाबी पनि गर्नुभयाे ।  नेविसङ्घ सङ्घर्ष समितिले आसन्न तीनै तहको चुनावमा युवा विद्यार्थी परिचालन गर्ने वातावरण तयार गर्न, अद्यावधिक स्ववियु चुनाव र नेविसङ्घको अधिवेशन ग्यारेन्टी गर्न र नेविसङ्घको विधानसम्मत १२ औँ महाधिवेशन सुनिश्चित  गर्न मागसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *