खोजि गर्नुहोस..

Blogs

असन्तुष्ट राहत शिक्षक सडकमै सुतेर आन्दोलित

  |  

असन्तुष्ट राहत शिक्षकहरूले सडकमै सुतेर आज पनि आन्दोलन जारी राखेका छन् । सोमबार राहतका शिक्षकले शिक्षक महासंघ र सरकारबीच भएको सातबुँदे सहमतिमा असहमति जनाउँदै आन्दोलनलाई थप सशक्त बनाएका छन् ।सरकारले सहमति गर्दा राहत शिक्षकका मागको सम्बोधन नगरेको भन्दै राहत शिक्षकले आज काठमाडौंको बबरमहलमा सुतेर प्रदर्शन गरेका हुन् । आन्दोलनमा सहभागी शिक्षक मानबहादुर बुढाले आफूहरूको माग […]

पुरा पढ्नुस् →

गुल्मीमा माटोको ढिस्कोले पुरिदा एक युवककाे मुत्यु

  |  

गुल्मीमा माटोको ढिस्कोले पुर्दा एक १७ वर्षीय किशोरको मृत्यु भएको छ । रेसुङगा नगरपालिका वडा नम्बर ३ भाडगाउँमा शेरबहादुर बेलबासेको निर्माणाधीन घरमा माथिबाट पहिरो खस्दा काम गर्न बसेका मजदुर प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर ३ का १७ वर्षीय डोरबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नविनकिशोर प्रधानले जानकारी दिए । घाइतेहरुको  गुल्मी अस्पतालमा […]

पुरा पढ्नुस् →

नेपाल एयरलाइन्सलाई उडान अनुमति नदिए कोरियन एयरको उडान राेकिने

  |  

नेपाल एयरलाइन्सलाई कोरियाको नागरिक उड्डयन निकायले उडान अनुमति नदिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरियन एयरको उडान रोक्ने निर्णय गरेको छ। नेपाल नागरिक उड्डयन  प्राधिकरणले आगामी अक्टोबर २९ (वीन्टर सेड्युल)बाट कोरियन एयरको नियमित उडान रोक्ने निर्णय गरेको हो। सामान्यतया दुई देशबीच नियमित उडान हुन हवाइ सेवा सम्झौता हुनुपर्छ। नेपालले कोरियासँग हवाइ उडानका लागि सन् २००१ मा […]

पुरा पढ्नुस् →

हाल देशभर आंशिकदेखि भारी वर्षा,सतर्कता अपनाउन आग्रह

  |  

मौसम पूर्वानुमान् महाशाखाका अनुसार नेपालमा भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव ले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही कोशी, गण्डकी र बागमती प्रदेशहरूका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक दुई स्थानमा […]

पुरा पढ्नुस् →

प्रधानमन्त्रीको अमेरिका-चीन भ्रमण : एमसिसी र बिआरआईको माथापच्ची!

  |  

परिवर्तित भूराजनीतिसँगै यसपटक प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमण परम्परागतभन्दा फेरिएको छ। शपथ लिएको केही हप्तामै प्रधानमन्त्रीहरूको भ्रमण दक्षिणाटन हुने र त्यसलगत्तै उत्तर जाने चलनको क्रमभंग भएको छ। प्रधानमन्त्री दाहालले विश्वकै दुइै शक्तिशाली राष्ट्रपतिसँग एकैपटक भेट्ने कुटनैतिक साइत मिलाउनुभएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको डिनरपछि सीधै र चिनियाँ राष्ट्रपति सी जिनफिङको रात्रिभोजमा शनिबार सहभागी हुनुभयो। कोरोना संक्रमणपछि […]

पुरा पढ्नुस् →

बाल सुधारगृह जेलमा परिणत , क्षमताभन्दा चार गुणा बढी बालक

  |  

कोशी प्रदेशको एक मात्र बाल सुधारगृहमा क्षमताभन्दा चार गुणा बढी बालक राख्दा उनीहरुको व्यवस्थापनमा समस्या भएको छ। मोरङको विराटनगरमा रहेको सुधारगृह ५० जनाको क्षमता रहे पनि हाल २ सय १९ जना बालक त्यहाँ रहेका छन्। जसका कारण उनीहरुलाई सुत्न, खान र स्वास्थ्य उपचारमा समेत समस्या हुने गरेको छ। १८ वर्षमुनि उमेर समूहका बालकले अपराध गरेमा उनीहरुलाई […]

पुरा पढ्नुस् →

“मायादेवी मन्दिरको रिडिजाइन र पुनर्निर्माण मान्य छैन”

  |  

बुद्ध जन्मस्थल लुम्बिनीमा रहेको मायादेवी मन्दिरको रिडिजाइन र पुनर्निर्माण गर्न खोजिएको भन्दै स्थानीयले विरोध जनाएका छन्। लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामाले पदभार ग्रहण पछि मायादेवी मन्दिरको रिडिजाइन गरी पुनर्निर्माण लागि आफूले व्यक्तिगत ७ करोड रुपैयाँ दिने घोषणा गर्नुभएको थियो। सोही सन्दर्भमा श्रोत जुटाउन र छलफलका लागि भन्दै उपाध्यक्ष लामा दलबल सहित छलफलका […]

पुरा पढ्नुस् →

करिब १ किलाे सुनसहित त्रिभुवन विमानस्थलबाट तीन जना पक्राउ

  |  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९६० ग्राम सुनसहित तीन जना पक्राउ परेका छन्।जिल्ला प्रहरी परिसर काठमाडौंले ९६० ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको हो। सोमबार दुबईबाट आएको हिमालयन एयरको जहाजमा रहेका यात्रुबाट उक्त सुन बरामद भएको हो। एक जनालाई सोमबार पक्राउ गरिएको थियो। अरू दुई जनालाई मंगलबार पक्राउ गरिएको प्रहरी स्रोतले बतायो। सुन विमानस्थलको पार्किङबाट बरामद भएको हो। परिसरले यसमा […]

पुरा पढ्नुस् →

सुवास नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा

  |  

सरकारले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने भएको छ । मंगलवार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले नेम्वाङको अन्त्येष्टि हुने दिन (बुधवार वा बिहीवार) सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।नेम्वाङका छोराहरू विदेश (बेलायत र अस्ट्रेलिया)मा रहेकाले उनीहरू आएपछि मात्र अन्त्येष्टि गर्ने तयारी छ ।

पुरा पढ्नुस् →

अवैधानिक मेडिकलको बिगबिगी, स्वास्थ्यमाथि चरम लापरबाही

  |  

बैतडीको दोगडाकेदार गाउँपालिका–६ का कृष्णसिंह कार्कीले भारतमा वर्षौंदेखि रोजगारी गर्दै आउनुभएको थियो। त्यहाँको एक अस्पतालमा स्विपरदेखि चौकीदारको काम गर्नुहुन्थ्यो। भारतका विभिन्न अस्पतालहरूमा काम गरेको अनुभव रहेको भन्दै विगत एक दशकदेखि दोगडाकेदार गाउँपालिका ६ को पन्ज्युनयाँ बजारमा कबिर मेडिकल हलको नाममा अवैधानिक तवरले मेडिकल सञ्चालन गरिरहेको खुलेको छ। अवैधानिक रुपमा मेडिकल सञ्चालन भएको गुनासो पाएपछि स्वास्थ्य […]

पुरा पढ्नुस् →