खोजि गर्नुहोस..

तीन करोड जनसंख्यामा दुई हजारले मात्रै गर्छन् मृत्युपछि अंगदान

सहिद धर्मभक्त राष्ट्रिय  प्रत्यारोपण केन्द्रका प्रमुख कार्यकारी अधिकृत डा. पुकार श्रेष्ठले तीन करोड जनसंख्या भएको देशमा अहिलेसम्म दुई हजार दुई सय जनाले मात्र मृत्युपछि अंगदान गर्ने घोषणा गरेको बताउनुभयो।

छोटोसमयमा एक हजार बढीको मृगौला प्रत्यारोपण गर्न सफल भएको भन्दै डा. श्रेष्ठले यो अभियान देशव्यापी गराउने उल्लेख गर्नुभयो। नेपालमा प्रत्येक वर्ष एक हजार जनाको मस्तिष्क मृत्यु हुने गरेको र त्यसबाट आठ हजार अंगहरु प्राप्त गर्न र आठ जनाको जीवन बचाउन सकिने हुँदा यसबारे जनचेतना फैलाउनु आवश्यक रहेको उहाँको भनाइ छ ।

मस्तिष्क मृत्युपश्चात् सडेर र खरानी बनेर जाने अंगले अरूको ज्यान बचाउन सकिन्छ भन्ने चेतना फैलाउन नसक्दा नै अंगदान गर्नेको संख्या बढ्न नसकेको उहाँले बताउनुभयो । यस्तैे एक जना मृगौला रोगीका लागि सरकारले प्रतिवर्ष दुई लाख ५२ हजार रूपैयाँ खर्च गर्ने गरेको तर सोही रोगीको दुई वर्षको डायसासिस खर्चले एक जनाको मृगौला प्रत्यारोपण गर्न सकिने डा. श्रेष्ठको भनाइ छ ।

‘प्रत्यारोपणको विकल्प डायलासिस होइन,’ डा. श्रेष्ठले भन्नुभयो, ‘प्रत्यारोपण गरेकाहरुको जीवन बढ्छ । नेपाल सरकारले डायलासिस निःशुल्क गरेको छ । जसको मूल्य वर्षमा २ लाख ५२ हजार खर्च हुन्छ । दुई वर्षको खर्चबाट प्रत्यारोपण गर्न सकिन्छ । पाँच लाखमा मृगौला प्रत्यारोपणमा खर्च हुन्छ जुन निःशुल्क छ । डायलासिसमा हुने खर्च वा उपचार प्रविधिमा हुने खर्च रोक्न सके यो लगानी देशलाई समृद्धि बनाउनतर्फ लगाउन सकिने कार्यकारी अधिकृत श्रेष्ठको भनाइ छ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकी डा. कल्पना श्रेष्ठले अंगदान गर्ने व्यक्तिको परिवारलाई बुझाउन धेरै कठिनाइ देखिएको बताउनुभयो। । अंगदान गर्न तयार हुनेको विषयमा सरकारले प्राथमिकता नदिएको उहाँको गुनासो छ । मस्तिष्क मृत्युपछि २४ घण्टाभित्र सुरक्षित राखेर प्रत्यारोपण गर्न सकिने सम्भावना रहेको भन्दै उहाँले यो मापदण्डअनुसार नै वितरण गरिने बताउनुभयो ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *