खोजि गर्नुहोस..

नेपाली प्रेस युनियन लुम्बिनीले प्यूठानको स्वर्गद्वारीमा प्रदेश भेला गर्ने

नेपाली प्रेस युनियन लुम्बिनी प्रदेशले प्यूठानको स्वर्गद्वारीमा प्रदेश भेला गर्ने भएको छ । यहि भदौ २२ र २३ गते लुम्बिनी प्रदेशको पवित्र धार्मिकस्थल स्वर्गद्वारीमा प्रदेशस्तरीय भेला आयोजना गर्न लागिएको हो ।
भेलामा लुम्बिनीका १२ जिल्ला कार्यसमितिका पदाधिकारीको सहभागिता रहने महासचिव नवीन गिरीले बताए । भेला तयारीका लागि मूल समिति बनाइएको छ । उपाध्यक्ष पहलमान घर्तीको संयोजकत्वमा प्रदेश भेला तयारी मूल समिति गठन गरेर तयारी अगाडि बढाइएको छ । सहसंयोजकमा प्यूठान शाखा अध्यक्ष मधुसुदन भण्डारी छन् । यस्तै सचिव शमशेर विक्रम जिसीको संयोजकत्वमा अतिथि सत्कार, भोजन तथा आवास व्यवस्थापन तयारी समिति, सचिव सूर्य भुषालको संयोजकत्वमा घोषणापत्र मस्यौदा समिति र कोषाध्यक्ष सीपी खनालको संयोजकत्वमा आर्थिक संयोजन समिति गठन गरिएको महासचिव गिरीले बताए । भेलामा नेपाल प्रेस युनियनको संगठन सुदृढीकरण अभियान, पत्रकार प्रशिक्षण बर्ष २०८० कार्यान्वयन, नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरण अभियान लगायतका विषयमा छलफल हुनेछ । भदौ १३ गते लुम्बिनी प्रदेश अध्यक्ष सुदीप गौतमको अध्यक्षतामा बसेको सचिवालय बैठकले केन्द्रिय सचिवालय बैठकको निर्णय बमोजिम प्रदेश भेला गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *