खोजि गर्नुहोस..

कृष्णनगरको सिर्सिहवा–वालानगर–झुलनियामा २८ करोड लागतको कालो पत्रे सडक बन्दै

कपिलवस्तु । कपिलवस्तुको कृषनगर नगरपालिकाको सबैभन्दा विकट गाउँ सिसिंहवामा २८ करोड लागतको सडक निर्माण सुरु भएको छ। कृष्णनगरको सिर्सिहवा–वालानगर–झुलनियामा साढे ७ किलो मिटर लम्बाईको पक्की सडक निर्माण सुरु भएको हो। सडकको चौडाई सोल्जर सहित साढे ८ मिटरको हुनेछ। संघीय सरकारको बजेटअन्तर्गत कृष्णनगर, लक्षमीनगर, सिर्सिहवा, बालानगर, बेदमऊ, हरिगवा, लालपुर, मधुनगर हुँदै झुलनियासम्म सडक कालो पत्रे हुने भएको हो। ७ दशमलव ५ किमि लामो सडक निर्माणले सो ८ गाउँसम्म कृष्णनगर सडक सञ्जालले जोडिने छ। सो सडको पूजापाठ गरी शिलान्यास गर्दै सांसद अभिषेकप्रताप शाहले यो सडक निर्माणले सिर्सिहवा विकट गाउँ कृष्णनगरसँग जोडिने बताए। उनले आफ्नो पहलमा यो सडक निर्माण हुन लागेको भन्दै सांसद शाहले यस क्षेत्रमा अब सडक बनेपछि यहाँको नागरिक कृष्णनगर लगायतका स्थानमा सजिलै आवतजावत गर्न सक्ने बताए।

सडक निर्माणले यस क्षेत्रको आर्थिक विकासमा मद्दत मिल्ने सांसद शाहले बताए। सडक निर्माण सुरु भएपछि आधा दर्जन बढी गाउँका जनता खुशी भएका छन्। नव निर्वाचित मेयर रजतप्रताप शाहले आफ्नो पालिकाको विकट सिर्सिहवा गाउको विकासका लागि बजेट बजेट विनियोजन गर्न पहल गरेकोमा धन्यवाद दिए। उनले यो सडक बनेपछि आठ वटा गाउँकै मुहार फेरिने उनले बताए। सडकले यहाँका कृषकहरूलाई  धेरै फाइदा पुग्ने नगर प्रमुख शाहले बताए। सडक डिभिजन कार्यालय शिवपुरको इञ्जिनियर निसा बेलबासेले सडक गुणस्तरीय बन्ने विश्वास बताइन्। उक्त सडक २४ महिनामा निर्माण हुने इन्जिनियर बेलबासेले दिइन्। बस्ती क्षेत्रमा ३ किलो मिटरको नाली समेत निर्माण हुनेछ। सडक निर्माणका क्रममा केही घर हटाउनुपर्नेछ। सडक निर्माणको ठेक्का पाएको कश्यप/महेश/सत्यवती जे.भीले सडक निर्माण तोकेकै मितिसम्म गर्ने जनाएको छ। सडक निर्माण सहज बनाउन स्थानीयको सहयोग आवश्यक रहेको निर्माण कम्पनीका किशन आचार्यले बताए।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *