खोजि गर्नुहोस..

पुरानाको हार र नयाँको जित नै विकल्पको खोजी हो: बाबुराम भट्टराई

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले स्वतन्त्रहरूले स्थानीय चुनाव जितिरहेको भन्दै यो विकल्पको खोजी भएको बताएका छन्।उनले पुराना अनुहार हार्ने र नयाँले जित्ने क्रम देखिनु नै विकल्पको खोजी भइरहेको उल्लेख गरेका छन्।धरान उपमहानगर, धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार मेयरमा विजयी भइसकेका छन्। काठमाडौंमा पनि स्वतन्त्र उम्मेदवार अगाडि छन्।

‘चुनावका दूरगामी संकेतहरूः पूर्वको धरानदेखि काठमाडौं हुँदै सुदूरपश्चिमको धनगढीसम्म स्थापित दलका टाउकामाथि बज्रिएका ‘लौरो’हरू,’ उनले ट्वीट गर्दै भनेका छन्, ‘थुनिएका थारू विद्रोहका नायक रेशम चौधरीको दल थारूबाहुल्य कैलालीमा अग्रपंक्तिमा छ।’नयाँ अनुहारको खोजी नै विकल्पको खोजी भएको उनले बताए। ‘अधिकांश ठाउॅमा पुराना अनुहारको हार र नयाँको जीत। यो विकल्पको खोजी नभए के हो?,’ उनको प्रश्न छ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *