खोजि गर्नुहोस..

निर्वाचन आचारसंहिता पूर्णपालना गर्न प्रमुख निर्वाचन आयुक्तको आग्रह

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिताका सबै बुँदाहरुको पूर्णपालना गर्न सञ्चार माध्यमहरुलाई पुनः आग्रह गरेका छन्।  प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आचारसंहिताको समाचार भन्ने तर दृष्य चाँही त्यस विपरित आउने काम भए त्यो खतरनाक हुने भन्दै त्यस्तो अवस्था आउन नदिन पनि सञ्चार माध्यमहरुको गम्भीर ध्यानाकर्षण गराएका हुन्।  सामूदायिक रेडियो प्रसारक संघले मंगलबार काठमाडौंमा जारी गरेको निर्वाचन आचारसंहिता सार्वजनिक गर्दै उनले निर्वाचन आचारसंहिताको पूर्णपालना गरेर मात्रै निर्वाचनलाई स्वच्छ र निष्पक्ष रुपमा सम्पन्न गर्न सकिने बताए।

प्रमुख निर्वाचन आयुक्त थपलियाले दृष्यहरु निर्वाचन आचारसंहिता विपरितका भए त्यसले आम मतदाताहरुमा नकारात्मक असर पर्नेतर्फ पनि सञ्चार माध्यमहरुलाई सचेत गराए। उनले भने, ‘आचारसंहिता विपरित हुने दृष्यहरु नदेखाई हामीले दृष्य त खिचेका थियौं, समाचार मात्रै भन्यौं। किनभने निर्वाचन आचारसंहिता विपरितका दृष्यहरु हामीलाई देखाउन मन लागेन भन्दे पनि भयो। जे भन्दा पनि भयो। जे भन्दा राम्रो हुन्छ, त्यही भन्दा भयो। तर यसो भनिरहँदा आचारसंहिताको समाचार आइरहने अर्काेतिर आचारसंहिता विपरितका दृष्यहरु देखियो भने मान्छेहरुमा आचारसंहिता विपरित जाँदा टेलिभिजनमा आइदोरहेछ भन्ने फिलिङ भयो भने त्यो खतरा भयो।’

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *