खोजि गर्नुहोस..

तिलोत्तमाका मेयरको चुनौती- मैले निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेको छु, कारबाही गर्न सके गर

,बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयर पदमा बहाल रहेरै एमालेको चुनाव प्रचारमा सक्रिय बासुदेव घिमिरेले आफूलाई कारबाही गरेर देखाउन निर्वाचन आयोगलाई चुनौती दिएका छन् ।निर्वाचन आचारसंहिता विपरीत उनी नेकपा एमाले तिलोत्तमा नगर कमिटीको निर्वाचन परिचालन कमिटीको संयोजक बनेका छन् । उनी दिनहुँ एमाले उम्मेदवार मोहन चापागाईं र जागेश्वरीदेवी चौधरीकोे चुनाव प्रचारमा खटिएका छन् ।एमाले निर्वाचन प्रचारप्रसार कमिटीले आइतबार राति आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफूले आचारसंहिता उल्लंघन गरेवापत् कारबाही गर्न निर्वाचन आयोगलाई चुनौती दिए । पत्रकार सम्मेलनमा उनले भने, ‘मैले निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेको छु, पार्टीको निर्वाचन परिचालन कमिटीको संयोजक बनेको छु, मैले आचारसंहिता उल्लंघन गर्दा कारबाही गर्न सके गरे हुन्छ ।’

तिलोत्तमामा एमालेका प्रमुख÷उपप्रमुख उम्मेदवारसँग गरिएको पत्रकार सम्मेलनको अध्यक्षता गरेका उनले आचारसंहिता उल्लंघन गर्नु सामान्य भएको बताए । उनले भने, ‘म पार्टीको कार्यकर्ता हुुँ र अहिले म नगरप्रमुख पनि हुँ, मलाई पार्टीले जिम्मा दियो, म निर्वाचन परिचालन कमिटीमा छु, कसैले यसले आचारसंहिता उल्लंघन ग¥यो भन्ने लाग्छ भने कारबाही गर्नुस् ।’उनले अहिले पनि आफू नगरप्रमुख रहेकाले मतदाता प्रभावित गर्ने गरी जुनसुकै योजना ल्याउन पनि सक्ने बताए । ‘मैले अहिले बजेट खर्च हुने काम नगरौंला, तर मतदाता प्रभावित गर्ने गरी जुनसुकै घोषणा गर्नसक्छु, मैले घोषणा गरिदिए पुग्छ, मलाई कसले रोक्छ ?’प्रमुख घिमिरेसँगै तिलोत्तमा नगरपालिकाका प्रवक्ता रहेका सुरेन्द्र श्रीले पनि आचारसंहिता विपरीत जिम्मेवारी लिएका छन् । उनी नगरको जनप्रतिनिधितर्फको प्रवक्ता पदमा बहाल रहेकै अवस्थामा एमालेको निर्वाचन प्रचारप्रसार समिति छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *