कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा कांग्रेस वाहेका नेकपा माओवादी केन्द्र, नेकपा एकृकीत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी ४ दलिय गठबन्धनको साझा चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएका छ्न । गठबन्धन अन्तरगत रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकृकीत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको बिहिबार भएको बैठकले बैशाख १७ गते विहान साढे ८ बजे घोषणापत्र सार्वजनिक गर्ने र जितपुरमा कोणसभा गर्ने जनाएको हो।
यसका साथै निर्वाचनको प्रचारप्रसारलाई तिव्र बनाउन विभिन्न समिती गठन गरिएको छ । जसअनुसार टेकेन्द्र कुमार क्षेत्रीको संयोजकत्वमा निर्वाचन परिचालन समन्वय समिती गठन गरिएको छ ।
यस्तै नारायण खनालको संयोजकत्वमा घोषणा पत्र निर्माण र छपाई समिती गठन गरिएको छ । जसको सदस्यमा शशी सापकोटा र दिपक अनुरागी रहनुभएको छ । साथै डिलाराम भुसालको संयोजकत्वमा मिडिया परिचालन समिती गठन गरिएको छ । समितीको सदस्यहरुमा मोहन बेल्वासे, हरि घिमिरे, दिपा महत, राजेन्द्र खनाल र भगवती न्यौपाने रहनुभएको छ ।यसैगरी नारायण भुसालको संयोजकत्वमा मतदाता शिक्षा तथा अनुगमन समिती गठन गरिएको छ भने नारायण अर्यालको संयोजकत्मा आर्थिक परिचालन समन्वय समिती र रामप्रसाद गैरेको संयोजकत्वमा कार्यालय ब्यवस्थापन तथा अनुगमन समिती गठन गरिएको छ ।
यहि बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा वाणगंगा नगरपालिकामा ४ दलीय गठबन्धन भएको हो । गठबन्धनले नगर प्रमुखमा माओवादीका देवराज अर्याल र उपप्रमुखमा नेकपा एसका कमल भट्राईलाई उम्मेदवार बनाएको छ । यसैगरी ११ वटै वडामा सबै ४ वटै दलबाट प्रतिनिधीत्वहुने गरी उम्मेदवार रहेका छन् । वाणगंगाका सबै वडाहरुमा प्रचारप्रसार अभियानलाई तिव्र पारिएको छ भने संयुक्त घरदैलो अभियान पनि जारी राखिएको जनाइएको छ ।
Related