खोजि गर्नुहोस..

कपिलवस्तुमा ३ हजार २५० जनाको उम्मेदवारी

कपिलवस्तु । आगामी बैशाख ३० गते हुन गैरहेको दोस्रो पटकको स्थानीय तह निर्वाचन नजिकिएसंगै कपिलवस्तुमा पनि अधिकांश दलहरुले उम्मेदवार मनोनयन दर्ता गरेका छन् । ६ नगरपालीका ४ गाउंपालीका गरी १० वटा स्थानीय तह रहेको कपिलवस्तुमा मनोनयन दर्तासँगै चुनावी चहलपहल बढेको छ । कतिपय उम्मेदवार मतदाता रिझाउन लागी परेका छन् ।जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका अधिकारी ज्ञानुराम पन्थीका अनुसार प्रमुख वा अध्यक्ष पदमा १ सय ५१ जना, उपप्रमुख वा उपाअध्यक्ष पदमा १ सय ९ जना वडा अध्यक्ष ७ सय ९१, सदस्य १ हजार १ सय ५१, महिला सदस्य ५ सय ३८, दलित महिला सदस्य ५ सय ९ गरी कुल ३ हजार २ सय ४९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सबै भन्दा धेरै उम्मेदवार कपिलवस्तु नगरपालिमा रहेको वताइन्छ ।
२७ वटा राजनीतिक दल दर्ता रहेको यस जिल्लामा काँग्रेस, एमाले, नेकपा एकिकृत समाजवादी, माओवादी केन्द्र र मधेसवादी दलहरुबीच नै मूख्य प्रतिष्पर्धा हुने देखिन्छ । ४ सय ६८ मतदान केन्द्र रहेको कपिलवस्तुमा तिन लाख ७३ हजार १ सय मतदाता रहेका छन् भने पाँच सय ३२ जना जनप्रतिनिधी छनौट हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *